कोहलपर।
नेशनल प्याब्सन बाँकेको ७ औं जिल्ला अधिवेशनबाट श्याम कुवर अध्यक्षमा चयन भएका छन् ।
नेशनल प्याव्सन बाँकेको शनिबार सम्पन्न भएको ७ औं जिल्ला अधिवेशनले श्याम कुवरको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।
जसको वरिष्ठ उपाध्यक्ष किशोर राज मल्ल, उपाध्यक्षद्वय सियरजंग गौतम , चिरञ्जीवी चन्द , सचिव शिव प्रसाद डाँगी , सह–सविच झलक वली, कोषाध्यक्ष गोविन्द रावत,सह–कोषाध्यक्ष रत्न चलाउने रहेका छन् भने सदस्यहरुमा बेगम चन्द, अमृत पौडेल, विष्णु प्रसाद केसी, अनुप शाही, धन बहादुर वली, रुपा रावत, प्रकाश मल्ल, कमानसिंह थापा, सागर दत्त गौतम, लोक राज डाँगी , सुरेश गौतम, रतन चलाउने, राजिवराज शर्मा, अग्लेश गुप्ता, सोनावी गुप्ता लगायत जिल्ला कार्य समितिमा चयन गरेको निर्वतमान अध्यक्ष कुवेर बस्नेतले बताए ।
प्रकाशित मिति : २०७५ फागुन १२ गते आइतबार









प्रतिक्रिया दिनुहोस्