दिव्य विद्यासदनले मनायो वार्षिकोत्सव



डिल्ली शाही कोहलपुर, बाँके, बाँकेको कोहलपुर–१० स्थित दिव्य विद्यासदन विद्यालयले १३ औं वार्षिकोत्सव मनाएको छ ।  वार्षिकोत्सवको अवसरमा  विज्ञान प्रदर्शनी तथा कला पदर्शनी गरेको हो ।
वार्षिकोत्सवको जिल्ला शिक्षा जिल्ला शिक्षा प्रमुख गोर्ख बहादुर थापाले उद्घाटन गरेका हुन् । पौडेले विद्यार्थीको भविष्य बनाउन शिक्षक र अभिभावकको महत्वपूर्ण भूमिका हुने बताए ।  विद्यालयमा विद्यार्थी ६ घण्टा मात्र रहन्छ तर अभिभावकहरुसंग १८ घण्टा सम्म रहने भएकोले शिक्षकभन्दा अभिभावकको बढि महत्व रहेको उनको भनाई छ ।
अधिकारीकाअनुसार विद्यालयले विद्यार्थीहरुलाई ज्ञान प्रदान गर्नूका साथसाथै कसरी हसाँउने, सभ्य, सक्षम, सफल बनाउने शिक्षकको हातमा रहेकोले गम्भीर भएर लाग्न आग्रह गरेका हुन् । ‘अभिभावकहरुले आफ्नो छोराछोरीलाई विद्यालयमा पठाएर मात्र शिक्षण सिकाई हुन सक्दैन ।
अभिभावकले मेरो छोरा विद्यालयमा गयो गएन, पढेको छ या पढेको छैन बुझ्नु पर्दछ यो बुझ्न अभिभावको नैर्सगीक अधिकार र कत्व्र्य हो ।” सोही विद्यालयका कक्षा पाँच देखि १० कक्षा सम्मका विद्यार्थीहरुले विज्ञान सम्बन्धी हेलिकप्टर, स्पीकर, रोवट, ज्वालामुखी, हाईड्रलिक लिप्ट, कुलर लगायतका नमूनाहरु प्रस्तुत गरेका थिए । त्यस्तै कला पर्दशनीमा नमूनामा रुपमा  पेन्टिङ्ग, स्केच, कलर पेपर, चार्ट पेपर, फलेवर, धागो बाट बनाएका विभिन्न आकारका बनावट समेत प्रस्तुत गरेका थिए ।
कक्षा १० का छात्रा दिवस थापा मगरले नेपालको धररा जस्तै देखिने नमूना प्रस्तुत गरेका थिए ।  सोही क्रममा विद्यालयको २०७३÷०७४ सालको परीक्षाको नतिजाको अनुसार प्रथम, द्वितीय, तृतीयलाई पुरस्कार सहित सम्मान गरेको छ । त्यस्तै विद्यालयमा अध्ययनरत विद्यार्थी कक्षा तीन देखि दश कक्षा सम्मका विद्यार्थीहरुले  छुटाछुटै कलाहरु प्रदर्शन गरेका
थिए ।
आफुहरु भविष्यमा के बन्ने कस्तो बन्ने बारे विद्यार्थीहरुले आफ्नो कला प्रदर्शन गरेका हुन् । कसैले डाक्टर, शिक्षक, भलिबल प्लेर, क्रिकेट प्लेर, नेपाल आइडल, फेसन डिजाइन, थारु भेषभुषा, नेपाली आमा, बुढि आमा लगायतका प्रस्तुत गरेका थिए । कार्यक्रममा  विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नारायण गौडेल, विद्यालयका प्रबन्ध निर्देशक अनुप शाही, प्रिन्सिपल नारायण पंगेनी, कौसिल्या अस्पतालका प्रबन्ध निर्देशक राम प्रसाद न्यौपाने लगायत अभिभावकहरुको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ फागुन ११ गते शनिबार