मासु व्यवसायीहरुलाई मासु जाँच ऐन सम्बन्धी तालिम



कोहलपुर फाल्गुन, ०४, कोहलपुर नगरपालिकाको आयोजना तथा हेफर इन्टरनेशनलको सहयोगमा कोहलपुरमा रहेका मासु व्यवसायीहरुलाई शुक्रबार अभिमूखिकरण तालिम दिइएको छ । अनौपचारिक रुपमा गराइएको अन्तरक्रियात्मक तालिममा कोहलपुर नगर पशु शाखाका प्रमुख डा. भिषण गजमेरले ‘स्वस्थ र स्वच्छ मासु प्रशोधन,मासु जाँच ऐन तथा नियमावली’ सम्बन्धी कार्यपत्र पेश गरेका थिए ।

डा. गजमेरले मासु जाँच ऐन २०५५ र यसको नियमावली २०५७ ले गरेका व्यवस्था अनुसार हरेक मासु व्यवसायीहरुले मासुको लागि पशुपन्छी वध गर्दा व्यवसायी स्वयमले अपनाउनु पर्ने सावधानी र उपभोक्ताहरुलाई विक्री गर्ने उपभोग योग्य मासु कस्तो हुनु पर्ने विषयमा जानकारी गवराएका थिए ।

गजमेरले मासु जाँच ऐन तथा नियमावलीले गरेको व्यवस्था र मापदण्ड अनुसार व्यवसायी गर्ने व्यवसायीहरुलाई प्रोत्साहन गर्न अनुदान दिने र मापदण्ड पालन नगर्नेहरुलाई ऐनले गरेको व्यवस्था अनुसार कारबाही गर्न नगरपालिका सक्रिय हुनु आवश्यक रहेको बताए ।

उनले भने,‘ हामीले शुरुमा अनुगमन गर्दा पुरै मापदण्ड विपरीत रहेका मासु पसलहरु अनुगमन पश्चात धेरै सुधारिएका छन् । मेरो करिब डेढ वर्षको कार्यकालमा कोहलपुर नगरपालिका अन्तरगत रहेका मासु व्यवसायीहरुले हामीले दिएको सुझाव अनुसार धेरै सुधार गर्नु भएको छ र क्रमश सधार गर्दै हुनु हुन्छ ।

कोहलपुर नगरपालिकामा रहेका अधिकांश मासु व्यवसायीहरु नगरपालिकाले बनाएको मापदण्ड पुरा गर्न लागिपरेको देखिन्छ ।’
मासु जाँच ऐन अनुसार उपभोक्ताहरुले मासु खाने पशुपन्छी स्वस्थ हुनु पहिलो प्राथमिकता हो । त्यसपछि सो पशु पन्छी बध गर्ने स्थान सफा हुनु र मासु राख्ने स्थान तथा ओसार–पसार गर्ने साधन सफा हुनु आवश्यक हुन्छ । कार्यक्रममा सहभागी मासु व्यवसायीहरुले आफूहरुले मासु जाँच ऐन तथा नियमावलीले व्यवस्था गरेको प्रावधानको बारेमा जानकारी पाएपश्चात सुधार गर्ने लागेको र क्रमशः आफ्नो व्यवसायलाई मर्यादित बनाउन आवश्यक सुधार गर्दै जाने बताएका छन् ।

तालिममा कोहलपुर नगरकार्यपालिका सदस्य भीम बहादुर नेपालीले कोहलपुर नगरपालिकाको आग्रहमा हेफरले यहाँका मासु व्यवसायीहरुलाई पशु बध, मासु जाँच ऐन तथा नियमावलीको प्रावधान देखि आफ्ना व्यवसायहरुलाई मर्यादित,विश्वस्नीय तथा आकर्षक कसरी बनाउन सकिन्छ भन्ने बारेमा आधारशिला तालिम सहित अन्य आवश्यक तालिमहरु समेत दिदै आएको जानकारी गराए ।

तालिममा हेफरका प्रकाश केसी ले सहजिकरण गरेका थिए भने तालिममा कोहलपुरका मासु व्यवसायी कृष्ण राना, शान्त राज अधिकारी सहित करिब दुई दर्जन मासु व्यवसायीहरु सहभागी रहेका थिए । कोहलपुर नगरपालिकाका प्रेस सल्लाहकार भीम रावत र कार्यपालिका सदस्य भीम बहादुर नेपालीले सहभागीहरुलाई प्रमाण–पत्र वितरण गरेका थिए

  • No tags available
प्रकाशित मिति : २०७५ फागुन ४ गते शनिबार