कोहलपुर फाल्गुन, ०४, बाँकेको कोहलपुरमा रहेको बागेश्वरी एकेडेमीले आफ्नो १२ औँ वार्षिक उत्सव मनाएको छ ।
वार्षिक उत्सव समारोहको कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले उद्घाटन गरेका थिए ।
उनले शिक्षाको विकासमा नीजि क्षेत्रको पनि उल्लेखनीय भूमिका रहेको बताए ।
शिक्षा क्षेत्रको विकासका लागि सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई संगसंगै लैजानु पर्नेमा नगर प्रमुख रावतले जोड दिए ।
वार्षिक उत्सवको अवसरमा विद्यालयका विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेको थिए ।
कार्यक्रममा विद्यालय निरिक्षक दान बहादुर विष्ट, कोहलपुर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष नरेन्द्र प्रसाद शर्मा, महासचिव मातृका प्रसाद सापकोटा, एन प्याब्सनका केन्द्रिय सदस्य अर्जुन सिग्देल, जिल्ला उपाध्यक्ष कृष्ण जीसी लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : २०७५ फागुन ४ गते शनिबार









प्रतिक्रिया दिनुहोस्