कोहलपुर फाल्गुन, ०४ बाँकेको कोहलपुरमा बस्नेत मोटर्स वर्कस सञ्चालनमा आएको छ ।
शुक्रबार कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत र कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले संयुक्त रुपमा वर्कसको उद्घाटन गरेका थिए । नगर प्रमुख रावतले कोहलपुरको विकासमा नीजि क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको भन्दै मोटर्स सम्बन्धी सम्पूर्ण सेवाहरु पाउने भएपछि यहाँको विकासमा थप टेवा पुग्ने बताए ।
उनले नगरपालिकाले नीजि क्षेत्रको विकास र समृद्विका लागि व्यवसायी मैत्री नीति लिई रहेको दाबी गरे । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ का सदस्य नरेन्द्र शर्माले मोटर व्यवसायीहरुको आवश्यकतालाई ध्यान दिएर सर्वसुलभ तरीकाले सेवा दिन आग्रह गरे ।
बस्नेत मोटर्स वर्कसका सञ्चालक बल बहादुर बस्नेतले कोहलपुर क्षेत्रको शैक्षिक विकासका लागि गरिब, जेहे्रन्दार विद्यार्थीहरुका लागि कोहलपुर नगरपालिकालाई वार्षिक ५० हजार र कोहलपुर उद्योग वाणिज्य संघलाई ५० हजार गरी वर्षमा एक लाख रुपैयाँ छात्रवृत्तिका लागि उपलब्ध गराउने घोषणा गरे । उनले सबैको साथ र सहयोगले अन्य सामाजिक कार्यमा लगानी गर्न आफुहरु तयार रहेको
बताए ।









प्रतिक्रिया दिनुहोस्