भर्खरै प्राप्त भयो निकै दुखद खबर : दर्जनौं यात्रु बोकेको बस भेरी नदीमा खस्यो, यस्तो छ पछिल्लो दुखद अपडेट (पुरा विवरण हेरी शेयर गर्नुहोस्)



नेपालगञ्ज – जाजरकोटमा भर्खरै ठूलो दुर्घटना भएको छ ।

बाँकेको नेपालगन्जबाट दर्जन यात्रु बोकेर रुकुमको राडीबजारतर्फ जाँदै गरेको बस भेरी नदीमा खसेको छ ।

बिहीबार साँझ करीब ७ बजे जाजरकोटको भेरी नगरपालिका–१ को खलंगा–रिम्ना सडक खण्डको पिपे गाउँभन्दा करीब दुई सय मिटर अगाडिबाट भे१ख १३२९ नम्बरको बस भेरीमा खसेको हो ।

बसमा एक दर्जन यात्रु रहेको अनुमान गरिएको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बस दुर्घटनाको पुष्टि गर्दै उद्दारका लागि टोली परिचालनको तयारी भइरहेको बताए ।

दुर्घटनाको विस्तृत विवरण आउन सकेको छैन । स्थानीय वासिन्दा र प्रहरीले उद्दारको काम गरिरहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ फागुन ३ गते शुक्रबार