कोहलपुर फागुन ३, बाँकेको नेपालगन्जमा प्रथम सहिद लखन थापा मगरको १४२ औं स्मृति दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रथम सहिद लखन थापा मगर स्मृति प्रतिष्ठान बाँकेको आयोजनामा बिहीबार बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
गणतन्त्र प्राप्तिका लागी, प्रथम सहिद लखन थापा मगर र सहिदहरुको भुमिका बिषयमा बक्तृत्वकला प्रतियोगिता भएको बताइएको छ । बक्तृत्वकला प्रतियोगिताको प्रदेश सांसद कृष्णा केसी (नमुना)ले उद्घाटन गरेकी थिइन् । सांसद नमुनाले नेपालका प्रथम सहिद मगरको योगदानको चर्चा गर्दै राज्यले मगरको उच्च कदर एवं सम्मान गर्नुपर्ने बताइन् ।
आजको परिवर्तनको सुत्रपात मगरले गरेको जिकिर गर्दै उनले राणा व्यवस्थाको विरुद्ध प्रजातन्त्र, पन्चायत ब्यबस्था विरुद्ध बहुदल तथा जनयुद्ध जनआन्दोलन हुँदै गणतन्त्र प्राप्त भएको दाबी गरिन् ।
प्रतियोगितामा बाँकेका विभिन्न ११ वटा विद्यालयहरुले सहभागिता जनाएको प्रतिष्ठान बाँकेका सचिव सुर्यप्रकाश घर्तिमगरले जानकारी दिए ।
उनका अनुसार प्रभात मावि जि गाउँकी सपना परियार प्रथम, बाल बिद्या मावि कोहलपुरकी प्रतीक्षा रेग्मी दोस्रो, मोडर्न पब्लिक मावि नेपालगन्जकी संगीता बिसि तेस्रो र सिद्देस्वर मावि फत्तेपुरका राजेश यादव तथा धम्बोझी मावि नेपालगन्जका प्रकाश उपाध्यायले चौथो भएका थिए ।
बिजेताहरुलाई पुरुस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । उक्त कार्यक्रममा नेपाल मगर सघका केन्द्रिय सदस्य पुर्णिमा थापा मगर , आदिवासी जनजाति महासघ बाँकेका जिल्ला अध्यक्ष डम्बर थापा मगर, नेपाल मगर सघका प्रदेश सदस्य झन्कर थापा मगर लगायतको उपस्थिती रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्