बाँसगढी २७,/ बर्दिया बाँसगढी क्षेत्रमा रहेका एग्रोभेट पसलहरुको शनिबार अनुगमन गरिएको छ । कृषक तथा पशुपालन किसान र उपभोक्ताहरुलाई म्याद गुज्रिएको बिउ र औषधी उपभोग गर्नबाट बचाउने उदेश्यका साथ पसलहरुको अनुगमन गरिएको हो ।
अनुगमनको क्रममा बाँसगढी क्षेत्रमा रहेका बाँसगढी, लखना, ककौरा, लक्ष्मणा, माछागढ बजारमा रहेका १२ वटा एग्राभेट पसलहरुको अनुगमन गरिएको थियो । अनुगमनमा कृषि र पशुपालनमा प्रयोग गर्र्ने औषधी, मल, विउ लगायतका म्याद गुज्रिएका १ लाख १ हजार ४ सय १३ रुपैया बरावरको सामान बरामद गरि नष्ट गरिएको छ ।
बाँसगढी नगरपालीका ६ नम्वर वडा अध्यक्ष तथा आर्थिक विकास समिति संयोजक दशरथ थारुको नेतृत्वमा अनुगमन गरिएको थियो । टोलीमा पशु सेवा शाखा प्रमुख डा.प्रेम कुमार मण्डल, पशु सेवा प्राविधिक ठाकुर दयाल शाह, दिपक थापा, ईलाका प्रसासनका प्रतिनीधी मोहन लम्साल, बासगढी उद्योग बाणिज्य सघंका बरिष्ठ उपाध्यक्ष बद्री बराल, बासगढी नगरपालिका प्रतिनिधी शेर बहादुर केसी, सुरक्षाकर्मी पत्रकार लगायतको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्