१८ औं शसस्त्र प्रहरी दिवसमा विपत व्यवस्थापन र लागूपदार्थ दुव्र्यसन सम्बन्धी सचेतना कार्यक्रम



कोहलपुर, बाँके १५, १८ औं शसस्त्र प्रहरी दिवसको अवसरमा शसस्त्र प्रहरी बल तालिम शिक्षालय नौवस्ताले विपत व्यवस्थापन र लागूपदार्थ दुव्र्यसन सम्बन्धी सचेतना कार्यक्रम सोमबार गरेको छ ।

सूर्योदय माध्यमिक विद्यालय चिसापानीमा विपत व्यवस्थापन र लागूपदार्थ दुव्र्यसन सम्बन्धी सचेतना कार्यक्रम गरेको हो । नेपालमा आइपर्ने विपदहरु के के हुन् ? जोखिम न्यूनीकरण कसरी गर्ने ? भुकम्प, बाढी पहिरो, आगलागी लगायतका प्रकोपबाट कसरी बच्ने ? जस्ता बिषयवस्तुको बारेमा शसस्त्र प्रहरी निरीक्षक प्रकाश कुमार ढकालले प्रशिक्षण दिनुभएको थियो ।

 


त्यस्तै शसस्त्र प्रहरी नायव उपरीक्षक सुधिर सुवेदीले लागुपदार्थ भनेको के हो ? दुव्र्यसनका प्रकारहरु के के हुन ? दुव्र्यसनले समाजमा पार्ने नकारात्मक प्रभाव के के हुन् ? यसबाट हुने व्यक्तिगत असरहरु के के हुन् ? र यसबाट बच्नका लागि गर्न सकिने उपाय बारे जानकारी दिनुभयो ।

कक्षा ११ र १२ कक्षाका विद्यार्थीहरु सहभागी रहेको उक्त कार्यक्रममा विद्यार्थीहरुको सक्रिय सहभागीता रहेको थियो । विद्यालयका सहायक प्र.अ. सुमित्रा न्यौपानेले शसस्त्र प्रहरी बल तालिम केन्द्रले विद्यालयमा समय समयमा विभिन्न शिर्षकमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरि विद्यालयलाई सहयोग गर्ने गरेकोमा धन्यवाद दिनुुभएको थियो ।

विद्यालयलाई लागुपदार्थको दुर्व्यसनिबाट मुक्त राख्नका लागि विद्यालय र सरोकारवालाहरु सबैको सहयोगको आवश्यकता रहेको विद्यालयका प्रधानाध्यापक जयबहादुर विष्टले बताउनुभयो । ।

  • No tags available
प्रकाशित मिति : २०७५ माघ १५ गते मंगलबार