कोहलपुर ६ माघ/ केही दिन अघि नेपाल पत्रकार महासघ बाँके शाखा बाट क्रियाशिल पत्रकारिता पुरस्कार २०७५ बाट सम्मानित भएका पत्रकार कविन्द्र परियार शनिबार पुनः सम्मानित भएका छन । नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरले रेडक्रसको क्षेत्रमा कलम चलाएको भन्दै शाखाको १४ औं उपशाखा सभाबाट रेडक्रसको क्षेत्रमा कलम चलाउने उत्कृष्ट संचारकर्मी २०७५ बाट सम्मान गरेको छ । पत्रकार परियारलाई कार्यक्रमका विशिष्ट अथिति कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले सम्मान पत्र सहित सम्मान गरेका थिए ।
यो सहित पत्रकार परियार छैठौं पटक सम्मानित भएका छन । मिसन टुडे राष्ट्रिय दैनिकमा प्रमुख समाचारदाताका रुपमा कार्यरत परियार खोजमुलक पत्रकारितामा कलम चलाउने पत्रकार परियार यस अघि बागेसाल मध्यवर्ती सामुदयिक वन उपभोक्ता समुह , समाजसेवा संस्था नेपाल, अपाङ्ग प्रतिभा क्लब कोहलपुर नेपाल पत्रकार महासंघ बाँके शाखा,शिखर जडिबुटी उत्पादक सहकारी संस्था लगायतका संघ संस्थाबाट सम्मानित भईसकेका छन । पत्रकार परियार रेडियो मिसन संग समेत आवद्ध छन ।









प्रतिक्रिया दिनुहोस्