नेपालगन्ज/ नेपाल मुद्रण उद्योग संघ बाँकेले आयोजना गरेको एक कार्यक्रममा नेपाल मुद्रण उद्योग हासंघका नव निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई स्वागत, सम्मान तथा बधाई ज्ञापन गरेको छ ।
बाँकेको पर्यटकीय स्थल गाभर भ्यालीमा शनिवार आयोजित भेटघाट तथा वनभोज कार्यक्रममा उक्त सम्मान गरिएको हो । नेपाल मुद्रण उद्योग संघ बाँकेका अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि गत मंसीर १ गते काठमाडौंमा सम्पन्न केन्द्रीय महाधिवेशनबाट निर्वाचित महासचिव युवराज श्रेष्ठ, केन्द्रीय सदस्यद्वय मीना सुवेदी ढकाल र तपेन्द्र विक्रम शाहलाई संघका अध्यक्ष कुसुम बस्नेत र संस्थापक तथा वरिष्ठ सल्लाहकार पूर्णलाल चुकेले दोसल्ला ओढाई सम्मान गरेका हुन् ।
सो अवसरमा महासंघका महासचिव युवराज श्रेष्ठले संघमा आवद्ध ४५ जना सदस्यहरुलाई सदस्यताको प्रमाण पत्र वितरण गर्नु भएको थियो । सो अवसरमा महासंघका महासचिव श्रेष्ठले महासंघले नेपालभरका मुद्रण व्यवसायीहरुको हक हितको संरक्षण र उद्योग प्रवद्र्धनका लागि क्रियाशील रहँदै आएको उल्लेख गरे । नेपाल मुद्रण उद्योग संघ बाँकेका सल्लाहकार पूर्ण लाल चुकेले बाँके जिल्लामा मुद्रण व्यवसायको अवस्था, संघको स्थापनाकालदेखि वर्तमानसम्मको गतिविधिबारे प्रकाश पारे ।
सो अवसरमा महासंघका निवर्तमान उपाध्यक्ष अजय सिंह, केन्द्रीय सदस्य मीना सुवेदी ढकाल, संघका संस्थापक अध्यक्ष ज्योतिलाल भण्डारी, वनभोज कार्यक्रमका संयोजक नोख राज रावत लगायतले बोलेका थिए । संघका सचिव कृष्ण कँडेलद्वारा संचालित उक्त कार्यक्रममा क्षमता परिक्षण खेल, बिङ्गो खेल, घैटो फोड्ने खेल खेलाउनुका साथै नाचगान पनि गरिएको थियो ।
उक्त वनभोज कार्यक्रममा बाँके ल्लिाका चार दर्जन मुद्रण उद्योग व्यवसायीहरुको सहभागिता रहेको संघका उपाध्यक्ष चिन्तामणि उपाध्यायले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्