एक दिवसीय कार्यशाला सम्पन्न



कोहलपुर२८ बाँके/साुदायिक विद्यालयका शिक्षकहरुको लागी मानव तथा वालबालिका बेचविखन विरुद्ध एक दिवसीय कार्याशाला गोष्ठी बिहीबार कोहलपुरमा सम्पन्न भएको छ । प्लान नेपालको सहयोग तथ राप्तीसोनारी गाउँपालिकाको समन्वयमा साथी संस्थाले आयोजना गरेको कार्यक्रममा राप्तीसोनारीका सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्षहरुको सहभगीता रहेको थियो ।

बालबालिका बेचबिखन विरुद्धको कार्य परियोजना अन्तरर्गत संचालन गरिएको कार्यशालामा साथी संस्थाका शंकर न्यौपानेले सहजीकरण गरेका थिए । कार्यशालामा शिक्षकहरुलाई ग्रुपमा विभाजन गरेर मानव बेचविखन हुने कारण तथा रोकथामका उपायहरु बारे प्रस्तुति गर्न लगाइएको थियो । कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका ५ वटा विद्यालय १५ जना शिक्षकहरु सहभाीता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ मंसिर २८ गते शुक्रबार