कोहलपुर बाँके बाँकेको काहेलपुर–२ मा रहेको बसन्त बचत तथा ऋण सहकारी संस्था लि.े सातौं साधारण सभा बिहीबार सम्पन्न भएको छ । कोहलपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष कर्णसिंह बिसीले सभाको उद्घाटन गर्दै सहकारी अब उत्पादनलाई जोड दिएर आफ्नो शेयर सदस्यहरुलाई आत्मा निर्भर बनाउनुपर्नेमा जोड दिएका छन् । साथै उनले सहकारीमा लागेका शेयर सदस्यहरुलाई आत्मा निर्भर बनाउनका लागि विशेष कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।
कार्यक्रममा बोल्दै संस्था अध्यक्ष धन बहादुर चन्दले आर्थिक प्रतिवेदन पस्तुत गर्दै आर्थिक विकासका लागि सहकारीले महत्वपूर्ण योगदान पुर्याएको भन्दै सहकारी अब गाउँका किसान केन्द्रीत हुने जनाईएको छ । साथै उनले शेयर सदस्यहरुको आर्यआर्जन वृद्धिका लागि सहकारीले आत्मानिर्भर बनाउने कार्यक्रममा ल्याउन लागेको समेत बताएका छन् ।
कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०७४÷०७५मा कुल शेयर पूँजी ५ लाख २ हजार, बचत ६० लाख, कर्जा लागनी २ करोड ४१ लाख रहेको जनाईएको छ । त्यस्तै संस्थामा आवद्ध शेयर सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । संस्थाका जेष्ठ शेयर सदस्यमा भवानी प्रसाद पौडेल, उत्कृष्ट शेयर तर्फ शिव पार्वती बचत समूह, उत्कृष्ट पूँजि संरक्षित तर्फ अस्मिता मल्ल, उत्कृष्ट व्यवसाय तर्फ हरिलाल खत्री, उत्कृष्ट समूह तर्फ जुनेली बचत समूह लगायतलाई सम्मान गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्