बनगाड कुपिण्डे नगरपालिकाको नगर सभा सम्पन्न



इन्द्र बुढाथोकी : सल्यान/ पश्चिम सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको तेस्रो नगर सभा मंगलबार सम्पन्न भएको छ । असार २५ मा सम्पन्न हुनु पर्ने नगर सभा नगर प्रमुख गोविन्द कुमार पुन, उप प्रमुख मन्जु यरि र वडा अध्यक्षहरु बीच बजेट वाडफाड र केही नीति निर्माणका विषयमा विवाद हुदा ६ महिना पछि मंगलबार नगर सभा सम्पन्न भएको हो ।

नगर प्रमुख पुनले निकै महत्त्वका साथ महत्त्वपूर्ण उपलब्धि मुलक र महत्वकाक्षि निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियाे । शिक्षा, स्वास्थ्य, कृषि ,खानेपानी विधुतिकरण, नागरिकको जीवन स्तरसग प्रत्येक्ष सराेकार राख्ने सुनौलो कार्यक्रम समेटिएको छ । भने उप प्रमुख मन्जु यरिले ४७ कराेड ६७ लाख ४ हजार बराबरको अनुमानित अाय व्यय बजेट समेत नगर सभामा प्रस्तुत गरेकी छन ।

नगर सभा बाट अा.व. ०७५/०७६ काे कुल वजेट ४७ कराेड ६७ लाख ४ हजार बराबरको अनुमानित अाय व्यय समेत नगर सभामा प्रस्तुत भएको छ । जस्मा कुल विनियोजित मध्य चालू तर्फ २९ कराेड ९८ लाख ९२ हजार ५ सय र पुजिगत तर्फ १७ कराेड ६८ लाख ११ हजार ५ सय रहेकाे छ ।

अान्तरिक राजश्वबाट ३० लाख, नेपाल सरकार वितिय समिकरण अनुदानबाट ११ कराेड ६५ लाख, राजश्व वाडफाडबाट ९ कराेड ६३ लाख ७७ हजार, प्रदेश सरकारबाट ५५ लाख,३२ हजार, गत वर्षको मौज्दात ६ कराेड ११ र नेपाल सरकार समाजिक सुरक्षा वितरण तर्फ ४ कराेड रहन गएको छ ।

चालू तर्फ स्वास्थमा १ करोड २६ लाख , खानेपानीमा १ करोड ५५ लाख ८३ हजार ७ सय ७४, कृषि पशु ८० लाख, उद्योग तथा वाणिज्यमा ७० लाख, पर्यटनमा ५० लाख, सहकारी १० लाख, सामाजिक विकास तर्फ शिक्षामा २ करोड २० लाख ३५ हजार , धर्म संस्कृती प्रर्वद्धनमा १३ लाख १० हजार , खेलकुद तथा मनोरञ्जन १० लाख, लैङ्गिक समानता तथा समाजिक समावेशीकारणमा ७० लाख, स्थानीय सडक पुल तथा झोलुङ्गे पुलमा ७ करोड ७२ लाख २ हजार ७ सय २६ , सिचाइमा ३३ लाख ५० हजार, भवन तथा विकास निर्माणमा ८२ लाख ५५ हजार, उर्जा तथा वैकल्पिक उर्जा १ करोड ४ लाख, वन तथा भु- संरक्षण १० लाख, जलाधार संरक्षण १५ लाख, वातावरण संरक्षण तथा जलवायु परिवर्तन २० लाख, फोहोर मैला तथा ढल व्यवस्थापन ५ लाख, विपद व्यवस्थापनमा ६० लाख, सामान्य सेवामा २ करोड ९१ लाख,३२ हजार ५ सय बजेट विनियोजन गरिएको छ ।

यसबाट प्रत्यक्ष नागरिक लाभान्वित हुने खालका कार्यक्रम समेटिएको छ । ढिलै सन्चालन भए पनि नगर सभा निकै शान्त र मर्यादित ढंगबाट सभा सञ्चालन भएको थियो । उक्त वजेड प्रस्तुत गर्दै उप मेयर मञ्जु यरिले ढिला भए पनि नगरकाे विनियोजन वजेटबाट समुचित विकासमा काेसेढुङगा हुने वताउनु भयाे ।

साथै २ दर्जन वढि ऎन, कानुन, कार्यविधि, विधेयक पास गरेकाे छ । अब देखि नगरका सम्पूर्ण काम काजले गतिलिने शुभ सकेत देखिएकोमा नगरवासि खुसि वनेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ मंसिर १९ गते बुधबार