कोहलपुर/ बाँकेको कोहलपुर नगरपालिका–२ स्थित तेह्र विगाह मैदानमा बुधबार कर्वड हलको शिलान्यास गरिएको छ । कर्वड हलको कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले शिलान्यास गरेका थिए ।
शिलान्यास पछि मिसनकर्मीलाई प्रतिक्रिया दिँदै नगर प्रमुख रावतले कोहलपुर क्षेत्रलाई खेलकुद क्षेत्रमा पनि अघि लैजाने सोचका साथ कर्वड निर्माण कार्यलाई अगाडी बढाइएको बताए ।
गत वर्ष निर्माण कार्य सुरु गरिने भनिएको कर्वडहल मुद्दाका कारण रोकिएको थियो । मुद्धा सकिएसँगै कर्वडहलको काम सुरु भएको नगरपालिकाले जनाएको छ । करिब ५ करोड लागतमा निमार्ण गरिन लागेको कर्वडहलमा पहिलो चरण जमिनमुनि ३४ वटा पिलर निर्माणको काम सुरु गरिएको छ ।
आर्थिक वर्ष २०७४÷०७५ को करिब ३४ लाखको लागतमा ठेक्का मार्फत पिलर निमाणको काम अघि बढाइएको कोहलपुर नगरपालिका सव ईन्जिनियर मोहन सिंह कार्कीले बताए ।
पाँच वर्षसम्म सम्पन्न गर्ने लक्ष्य लिएको सो कर्वड हलमा पिलर निर्माणको कामपछि बाँकी फलामका ट्रष्टबाट कर्वडहल निमार्ण गरिने बताइएको छ । सो कर्वडहल भित्र २ वटा भलिबल तथा व्याटमिन्टन कोर्ट निर्माण गरिने बताएको छ । ५८ मिटर लामो कर्र्वडहलमा करिब १० हजार दर्शक अट्न सक्ने अनुमान गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्