बर्दिया/ बर्दियाको ठाकुरबाबाको वडा नम्बर ३ ले नागरिकसँग घरदैलो सेवा कार्यक्रम सञ्चालन गरि नागरिकलाई घरघर मै सेवा प्रदान गरेको छ । जनतालाई प्रत्यक्ष घरदैलो मै सेवा पुर्याउने उद्देश्यले पहिलो चरणको कार्यक्रम अनुसार गिद्धरपुर र मानपुर गाँउमा कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रमबाट गिद्धरपुरका १ सय १ घरधुरीका ५ सय ८६ जनंख्या र मानपुरमा २ सय ३ घरधुरीका १ हजार १ सय ३६ जनसंख्या लाभाम्बित भएका छन भने २५ हजार ३ सय ९३ राजस्व संकलन गरिएको छ ।
सामाजिक सुरक्षा भत्ता अन्तरगत ५० जना जेष्ठ नागरिकको नविकरण, ४ जना अपाङ्ग, एकल महिला २७ जनाको नविकरण, विवाह दर्ता ५, जन्म दर्ता १०, नयाँ नारिकता सिफारिस १६, नागरिकता प्रतिलिपी सिफासिस १० जनाले लिएका छन् ।
त्यस्तै आर्थिक स्रोत संकलन अन्तरगत मालपोतमा ७ हजार ६ सय ३, घर कर १० हजार ५ सय ५०, पञ्जिकरणमा १ हजार ८ सय, विविधमा ५ हजार ४ सय ४० गरी २५ हजार ३ सय ९३ राजस्व संकलन गरिएको वडा अध्यक्ष श्रीकृष्ण थारुले जनाए ।
कार्यक्रममा वडा अध्यक्ष पुर्व गाविस अध्यक्ष देबिप्रसाद देवकोटा, महिला सदस्य रुपकला कुमारी थापा, वडा सदस्य रामकुमार थारु, वडा सचिव सानि मल्ल, सामाजिक परिचालक चन्द्रा विक लगायत कर्मचारीहरुको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्