आय आर्जन तथा आत्म निर्भर तालिम सम्पन्न



 

कोहलपुर ११ मंसिर/बाँकेको राप्तीसोनारी–९ ढकेरीमा अपाङगता भएका व्यक्तिहरुको आय आर्जन तथा आत्म निर्भर सम्बन्धी ३ दिने बाख्रा,बगुर तथा कुखुरा पालन व्यवसायिक तालिम
मंगलबार तालिम सम्पन्न भएको छ । परिलक्षितको आयोजनामा भएको । तालिमको समापन सत्रमा बोल्दै राप्तीसोनारी–९का वडा अध्यक्ष महाविर वलीले तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गरी आत्मा निर्भर बन्न सक्नुपर्नेमा जोड दिएका छन् ।

साथै उनले अपाङ्गगता भएका व्यक्ति पनि केहि गर्न सक्छन् भने उदारण तालिमले दिने विश्वास व्यक्त गरेका छन् । कार्यक्रमका संयोजक नर बहादुर विष्टले अपाङ्गगता भएका व्यक्तिलाई कसरी व्यवसायमा सफल हुनका लागि चाहिने आधारभूत ज्ञान उपलब्ध गराईएको बताएका छन् ।

साथै उनले बाख्रा, बंगुर तथा कुखुरा पालन गर्न ध्यान दिनुपर्ने कुराहरु तालिममा सिकाईएको र तालिममा सिकेका कुराहरुलाई आफ्नो जीवनमा लागु गरी आत्मनिर्भर बन्नुपर्ने बताए । उक्त तालिममा राप्तीसोनारी गाउँपालिका भित्रका १७ जनाले सहभागिता जनाएका थिए । तालिमका सभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । तालिमको प्रशिक्षण राप्ती सोनारी गाउँपालिका पशुशाखा प्रमुख जय बहादुर कार्कीले गरेका थिए भने तालिमका सहभागी हिरा सिंह वलीको सभापतित्वमा सम्पन्न भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ मंसिर ११ गते मंगलबार