कोहलपुर ८ मंसिर,बाँकेको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले नगरपालिकाले आफुखुसी केही पनि काम नगरिएको बताएका छन । बिहिबार कोहलपुर नगरपालिकाले आयोजना गरिएको कार्यपालिका बैठकले गरेका निर्णयहरु सार्वजनिक पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । हामीले नगरकार्यपालिकाले गरेका निणर्य भन्दा बाहिर गएर अहिले सम्म कुनै काम गरेका छैनौ नगर प्रमुख रावतले भने । पछिल्लो समयमा विषयगत खारेज गरिएको विषयमा आफुले पुराना विषयगत समितिहरुलाई धन्यवाद ज्ञापन गर्दे स्थानीय सरकार संचालन ऐन २०७४ र कार्य सम्पादन सम्बन्धी नियमावली अनुसार अधिकार प्रयोग गरिएको बताए ।
पत्रकार सम्मेलनमा कोहलपुर नगरपालिका प्रवक्ता माधव रिजालले आर्थिक वर्ष २०७५÷०७६ को छैठौं कार्यापालिका बैठकले महत्वपुर्ण २० वटा निर्णहरु गरिएको बताए । बैठकले कोहलपुर नगरपालिका वडा नं ११ मा सौर्य बत्ति जडान गर्ने , प्रदेश र दातृ संस्थाबाट नयाँ बजेट प्राप्त भएमा कोहलपुर नगरपालिका वडा नं १३ देखी सल्यान घुईयाबारी बाटो निमार्ण कार्यलाई प्राथमिकता दिने, जय भवानी निमार्ण सेवाले कर्भडहल निमार्ण गर्दा विभिन्न मुद्धाहरु परी ढिलाईका कारण भएको क्षतिपुर्ति माग गरेकोमा सार्वजनिक खरिद ऐन २०६४ बमोजिम कार्य गर्न प्रमुख प्रशासकिय अधिकृतलाई अधिकार दिने, फोहरमैला व्यवस्थापना काम गरिरहेको मातृभुमी नेपाललाई अर्को व्यवस्था नभए सम्म निरन्तरता दिने निर्णय गरेको छ ।
त्यस्तै बैठकले नगर प्रहरी संचालन सबन्धी निमावली २०७४ सर्वसम्मत रुपमा संशोधन गरी १ जना प्रहरी हवलदार र ४ जना प्रहरी जवानको विज्ञापन गर्ने,तराई मधेश समृद्धि कार्यक्रमका लागि कोहलपुर नगरपालिका वडा नं १३ भरैया देखी सिमरी जाने खोलामा पक्की पुल निमार्ण गर्ने ,कोहलपुर नगरपालिका वडा नं १५ चन्हवा पश्चिम पेडारीनालामा पुल निमार्ण गर्ने , गन्र्धव ,चिडिमार,वादी राजी तथा लोपोन्मुख जातीलाई एकिकृत सामुहिक आवासको व्यवस्था गर्ने , आगलागी पीडित नवराज बुढालाई १० हजार सहयोग गर्ने निणर्य गरिएको बताईएको छ ।
बैठकले नगरपालिकामा गठन भएका विषयगत समितिहरुले हालसम्म गरेका कामकारबाही प्रति धन्यवाद ज्ञापन गर्दै स्थानीय सरकार संचालन ऐन २०७४ र कार्य सम्पादन सम्बन्धी निमावली २०७४ बमोजिम व्यवस्थापन गर्ने , थारु संग्रहालय निमार्णका लागी उपयुक्त जमिनको खोजी गरी आगामी कार्यपालिका बैठमा पेश गर्ने लेखा समिति गठनको लागी आवश्यक प्रक्रिया अगाडी बढाउने लगायतका निर्णयहरु गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।









प्रतिक्रिया दिनुहोस्