देउसी भैलोको रकम पिकनिक र भ्रमणमा



कोहलपुर ३० कार्तिक / देउसी भैलोबाट संकलित अधिकांश रकम पिकनिक तथा भ्रमणमा खर्चिने गरेको पाइएको छ । थोरै संख्यामा रहेका केही संंस्था क्लबले सामाजिक क्षेत्रमा खर्च गरिए पनि अधिकांश देउसी भैलो समुहले भने वनभोज र घुमफिर तथा भ्रमण गर्नमा खर्च गरिएको पाइएको छ । देउसी भैलोको रकमबाट दिनहु जस्तो पिकनिक स्र्पोट , पार्क तथा नदी किनारामा वनभोज तथा भ्रमण जानेको लर्को देखिन थालेको छ । पछिल्लो समय देउसी भैलोको रकम अनुपात्दक क्षेत्रमा खर्चिने गरेको पाइएको छ ।

सुशासनको क्षेत्रमा काम गर्दै आएको संस्था बागेश्वरी असल शासन क्लब –(बास) का निर्देशक नमस्कार शाहले देउसी भैलोबाट उठेको रकम ८० प्रतिशत रकम दुरुपयोग हुने गरेको बताए । मेरो अनुमानमा २० प्रतिशत रकम मात्र समाजिक कार्यमा खर्च हुने गरेको छ उनले भने । देउसी भेलोको रकमबाट ६० देखी ८० प्रतिशत समाजिक कार्यमा खर्च गर्ने गरी जिल्ला प्रशासनले कुन उद्देयले भैलो खेल्ने हो बुझेर मात्र अनुमती दिने व्यवस्था गर्नुपर्ने स्थानीय सरकार र प्रहरीले अनुगमन गर्ने र भैलो पछि लेखा परिक्षण गर्ने व्यवस्था नभए सम्म देउसी भैलोमा संकलित रकम सदुपयोग हुन नसक्ने बताए ।

देउसी भैलोमा संकलित रकम मदिरा जन्य चिज तथा भोज भतेरमा खर्च गरिनुले पनि अनुत्पादक क्षेत्रमा खर्च भईरहेको पाइएको छ । तोकेर रकम लिने र अनुत्पादक क्षेत्रमा खर्च गरिनुले देउसी भैलोको नाममा विकृति भइरहेको बुद्धिजीवीहरुको भनाई छ कतिपय संस्था तथा क्लबहरुले भने देउसी भैलोको रकम सामाििजक क्षेत्रमा खर्च गर्ने गरेका छन समाज सेवा संस्था नेपाल हवलदारपुरले देउसी भैलोको रकम दृष्टिबिहीन विद्यार्थीहरुको शैक्षिक क्षेत्रमा सहयोग गर्ने निर्णय गरेको छ । गतवर्ष मानव अधिकारको क्षेत्रमा खर्च गरेको संस्थाले यसवर्ष दृष्टिबिहीन विद्यार्थीहरुको शैक्षिक क्षेत्रमा सहयोगार्थ खर्च गर्ने निर्णंय गरिएको संस्थाका अध्यक्ष विनोद थापाले बताए ।

त्यस्तै कोहलपुर नगरपालिका वडा नं ३ मा वडाध्यक्ष नेतृतवकोे देउसी भैलोको ४ लाख ८३ हजार रकमबाट करिब १ सय वटा पोलमा सडक बत्ति जडान गर्ने निर्णय गरेको छ । वडा नं ३ को सर्वपक्षिय बैठकबाट सो निर्णय गरिएको वडाध्यक्ष माधव रिजालले बताए । वडाले ३ वटा मिटर जडान गरेर सडक बत्ती जडान गर्ने कार्य अघि बढाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ कात्तिक ३० गते शुक्रबार