बर्दिया/ बर्दियाको बढैयाताल गाँउपालिकामा साझेदारी मञ्च गठन गरिएको छ । गाँउपालिका अध्यक्ष लालबहादुर श्रेष्ठको संयोजकत्वमा अन्य सदस्य रहने गरी साझेदारी मञ्च गठन गरिएको हो ।
साझेदारी मञ्चको सदस्यहरुमा गाँउपालिका उपाध्यक्ष दिपा कुमारी गौतम, गाँउपालिकामा रहेका सबै वडाका वडा अध्यक्ष, बढैयाताल उद्योग वाणिज्य संघ, स्थानीय सभाका संयोजक, नागरिक समाज, पत्रकार लगायत समेटिने छन् । साझेदारी मञ्चले बढैयाताल गाँउपालिका भित्र रहेका विभिन्न विषयहरु शिक्षा, स्वास्थ्य, कृर्र्षी, विपद् व्यवस्थापन लगायत न्यायिक सम्बन्धी विषयमा छलफल गरी समस्या समाधानका लागि पहल गर्ने छ ।
पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत सूचना र मानव अधिकार अनुसन्धान केन्द्र, यु.एस.ए.आईडी, एफएचआई ३६० को साझेदारीमा मञ्च गठन गरिएको हो । पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत सूचना र मानव अधिकार अनुसन्धान केन्द्रद्धारा बढैयाताल गाँउपालिका वडा नं १, २ र ६ मा रेडियो श्रोता समूह गठन र स्थानीय सभा गठन गरी सुशासन र पारदर्शिता संम्बन्धी काम गर्दै आइरहेको सामुदायिक पत्रकार अनोज थारुले बताए ।
अब रेडियो श्रोता समूह र स्थानीय सभाले उठाउने सवाल सझेदारी मञ्चमा ल्याएर छलफल गर्ने र समाधानको पाटो खोजिने छ । मञ्च गठन कार्यक्रममा सहभागिहरुले गाँउपालिकामा रहेका विविध समस्याहरुको बारेमा जिज्ञासा राखेका थिए । स्थायिन सभाका संयोजक हरि बहादुर घर्तिले बढैयातालमा विद्युत ट्रान्सफार्म र स्वास्थ्य क्षेत्रका लागि ऐक्सरे मेसिनको अभाव रहेको बताए ।
त्यस्तै गाँउपालीकामा रहेका विद्यालयहरुमा पनि सरसफाइको अभाव रहेको स्थानीय सभाका सचिव गंगाधर पराजुलीले बताएका थिए । साझेदारी मञ्चले विशेष गरी स्थानीय नागरिकहरुलाई न्यायको पहुँचसम्म पुर¥याउने भए पनि स्थानीय तहमा न्यायिक समिति भएपनि नागरिकसम्म सूचना नपुगेकाले न्यायिक समितिलाई पनिसँगै लिएर काम गर्न न्यायिक समितिका सचिवालय सदस्य बिनिता सिंहले बताइन् । कार्यक्रममा उठेका सवालहरुलाई अब आउने ४ महिनामा काम पुरा भए नभएको बैठक बसेर छलफल गरिने छ ।









प्रतिक्रिया दिनुहोस्