कोहलपुरमा कारको ठक्करबाट दुईको मृत्यु



कोहलपुर/  बाँकेको कोहलपुरमा कारले मोटरसाईकललाई ठक्कर दिँदा दुई जनाको जनाको ज्यान गएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरले अनुसार करिब साँझ सवा ७ बजेतिर बा ६ च ८२९९ नम्बरको कारको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो ।

कोहलपुर विद्युत रोड नजिकै मोटरसाईकललाई कारले ठक्कर दिँदा दुर्घटना हो । ठक्करबाट मोटरसाईकलमा सवार दुबै जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ कात्तिक १६ गते शुक्रबार