कविन्द्र परियार /कोहलपुर ९, कार्तिक सधै आर्थिक करोबारमा मात्र व्यस्त रहने बाँकेका सहकारी पछिल्लो समयमा उत्पादन जोडिन थालेका छन । पछिल्लो समयमा सहकारीहरुले शेयर सदस्यहरुलाई समेत फाईदा पु¥याउने उद्देयका साथ सहकारीहरुले उत्पादनलाई समेत जोड दिन थालेका हुन ।
यस्तै बाँकेको कोहलपुरमा रहेको चुलिमालिका कृषि सहकारी संस्था दुग्ध जन्य उत्पादनलाई जाड दिदै चुली खुवा, चुली छुर्पी चुली पुष्टकारी घिउ लगायतका समाग्रीहरु उत्पादन सुरु गरेको छ ।
सहकारी उत्पादनमा समेत लाग्नुपर्छ भन्ने मान्यताका साथ उत्पादनमा लागेको सहकारीले जनाएको छ । सहकारी आगामी दिनहरुमा आइसक्रिम तथा मिल्कसेक लगायतका समाग्री उत्पादन गरिने जिल्ला सहकारी संघ बाँकेकोे समेत अध्यक्ष रहेका सहकारीका अध्यक्ष प्रेम सुवेदीले बताए । सहकारी ऐन २०७४ अनुसार सहकारीले संस्थाको कुल आम्दानीको ३० प्रतिशत आफ्नो संस्थाको लक्ष्य अनुसार उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने प्रावधान रहेको उनले बताए । अव सहकारी संस्था मोटाउनु हुदैन सदस्यहरु मोटाउन उत्पादनमा लाग्न आवश्यक छ उनले भने ।
त्यस्तै कोहलपुर नगरपालिका ११ स्थित शिखर जडिबुटी उत्पादक सहकारी संस्थाले पनि अचार उत्पादन गरि शिखर अचार बजारमा ल्याएको छ । सहकारीले उत्पादनलाई समेत ध्यान दिदै ५ प्रकारका अचार बजारमा ल्याएको सहकारीकी व्यवस्थापक धनसरा रानाले बताईन । अन्य अचारहरु भन्दा हामीले उत्पादन गरेको अचार गुणस्तरिय छ भन्ने प्रतिक्रिया आएको छ उनले भनिन । सहकारीका अध्यक्ष नवराज उपाध्यायले शिखर अचार बाँके जिल्लाकै नमुना अचारका रुपमा प्रस्तुत गर्दै सहकारीका शेयर सदस्यहरुलाई तालिम दिएर मेन्था लगायतका जडिबुटी खेती गर्न प्रेरित गरिने बताए । हिजो हामीले शेयर सदस्यहरुलाई बचत गर्न सिकायौ अब आर्थिक रुपमा सम्वृद्ध बनाउन उत्पादन र बजारीकरणलाई जोड दिन्छौ उनले भने ।
त्यस्तै कोहलपुर नगरपालिका नगरपालिका ६ शिव नगर स्थित जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाले पनि विगतका वर्षहरुदेखी नै जनकल्याण मह उत्पादनलाई जोड दिएको छ । सहकारीले वार्षिक १५ क्वीटल मह खरिद गरी ४ सिजनमा शेयर सदस्यहरुबाट मह खरिद गरि प्रशोधन गरिरहेको छ । मह विक्रिबाट वार्षिक ३ लाख सम्म आम्दानी गर्न सफल भएको सहकारीका व्यवस्थापक टिका खत्रीले बताईन । संस्थाकी मह प्राविधिक थमनेश्वरी शर्माले जाडो मौसममा बजारमा महको माग बढी भएको हुदाँ आवश्यकता अनुसार पु¥याउन नसकिएको बताईन ।
कोहलपुरमै रहेको सृजना सहकारी संस्थाले पनि सृजना डेरी संचालन गरि प्रयाप्त मात्रामा
दुग्ध जन्य पदार्थहरु उत्पादन गरिरहेको छ । त्यस्तैै बैजनाथ गाउँपालिका ५ स्थित वनकटुवा दुग्ध उत्पादक सहकारी संस्थाले पनि दुध प्रशोधन तथा दुग्ध जन्य पदार्थहरुको उत्पादन सुरु गरेको छ । सहकारीले बजारको माग अनुसारको दुग्ध जन्य पदार्थ उत्पादन गरिरहेको संस्थका अध्यक्ष सन्त कुमार विश्कर्माले बताए ।
पछिल्लो समयमा सहकारी संस्थाहरुले आर्थिक कारोबार संगै उत्पादनलाई समेत जोड दिन थालेका छन ।









प्रतिक्रिया दिनुहोस्