चितुवा निकुञ्जमा बुझाइयो



राप्तीसोनारी (बाँके)/  बाँकेको राप्तीसोनारी गाउँपालिका–४ का स्थानीयवासीले गाँउमा पसेको चितुवालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

बाँके राष्ट्रिय निकुञ्जबाट आएको चितुवाले गौरीगाँउका स्थानीयहरुलाई आक्रमण गर्न थालेपछि चितुवालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको हो ।

कैलाश थारुलाई चितुवाले आक्रमण गर्न खोजेपछि गाँउलेहरुले चितुवालाई नियन्त्रणमा लिएको पत्रकार हेमन्त चौधरीले बताए । करिब २ मिटर लम्बाई रहेको उक्त चितुवालाई इलाका प्रहरी कार्यालय धामपुरमा राखिएको थियो ।

नियन्त्रणमा लिइएको चितुवालाई आवश्यक प्रक्रिया पुरा गरी बाँके राष्ट्रिय निकुञ्जलाई हस्तान्तरण गरिएको ईलाका प्रहरी कार्यालय धामपुरका प्रहरी नायव निरीक्षक कमल थापाले बताए । निकुञ्जका हिंस्रक वन्यजन्तुका कारण राप्तीसोनारीका स्थानीयहरुले सास्ती खेप्दै आएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ कात्तिक ९ गते शुक्रबार