शिविरमा १६० जनाको कान परीक्षण



बर्दिया/   बर्दियाको मधुवन नगरपालिका–२ ओराली बजारमा प्राथमिक कान शिविर आइतबार सम्पन्न भएको छ ।

जैविक मार्ग तथा सुरक्षित वन क्षेत्र केन्द्र नेपालको आयोजना तथा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगन्जको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा १ सय ६० जनाले कानको चेकजाँच गराएका छन् ।

उनीहरुमध्ये पुरुष ५८ र महिला १ सय २० जनाले आफ्नो कान परीक्षण तथा चेकजाँच गराएका हुन् । चेकजाँचपछि कानको जालीमा प्वाल परेका ४७, नसा सुकेका १६ जना र अप्रेशन गर्नुुपर्ने १२ जना रहेको समाचारदाता कमलराज ढकालले जानकारी दिए ।

शिविरमा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगन्ज, शाखा कार्यालय गुलरिया बर्दियाका प्रमुख कार्यकारी अधिकृत पुस थारु, अधिकृत दिपक विसीसहित ९ जना कान विशेषज्ञको टोलिले कानको चेकजाँच गरेको थियो ।

जैविक मार्ग तथा सुरक्षित वन क्षेत्र केन्द्र नेपाल बर्दियाका अध्यक्ष कृष्ण परियारको अध्यक्षतामा शिविर सञ्चालन गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ असोज ९ गते मंगलबार