स्वास्थ्य सेवा प्रवाहको प्रभावकारिताबारे अनुगमन



नेपालगन्ज/   बाँकेको भवनीयापुर स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवा सुविधा र व्यवस्थापनका विषयमा मंगलबार संयुक्त अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा विरामी जाँचका लागि कार्यालयमा भौतिक पूर्वाधार निमार्ण गर्नुपर्ने, कर्मचारीको व्यवस्थापन गर्नुपर्ने, कार्यालयमा अभिलेखीकरणको व्यवस्थापन, विरामी जाँच कर्नरको व्यवास्थापन गर्नुपर्ने देखिएको छ ।

सेभ द चिल्डे«नको सहकार्यमा बाँके युनेस्को क्लवद्वारा सञ्चालित मातृ नवजात शिशु तथा बालस्वास्थ्य परियोजना अन्र्तगत उक्त अनुगमन गरिएको हो ।

अनुगमनकर्ताले स्थानीय तहअन्र्तगत आइसकेका स्वास्थ्य संस्थाहरुको स्तर वृद्धि गरी थप प्रभावकारी सेवा बनाउनुपर्नेमा जोड दिँदै घर घरमा स्वास्थ्य सेवाको पहुँच गर्नुपर्नेमा जोड दिएका थिए ।

अनुगमन टोलीमा जिल्ला समन्वय समिति बाँकेका सामाजिक विकास अधिकृत मिनबहादुर मल्ल, जिल्ला जनस्वास्थ्य कार्यालयका रचना देवकोटा, नेपालगन्ज उपमहानगरपालिकाका विनोद विक, र आशा शाही, बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत रोसन थापा रहेका थिए ।
परियोजना अन्र्तगत युनेस्कोले बाँकेका १० वटा स्वास्थ्य संस्था र विद्यालयलाई भौतिक पुर्वाधार निर्माण तथा मर्मत, मातृ शिशु अन्र्तगत विभिन्न सामाग्री प्रदान गरेको छ । मंगलबार गरिएको अनुगमनको आधारमा प्रतिवेदन तयार गरी तत्काल सुधार गर्नका लागि पहल गर्ने युनेस्कोले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ भदौ ६ गते बुधबार