कोहलपुर/ सामुदायिक वन उपभोक्ता महासंघ नेपाल प्रदेश ५ की अध्यक्ष बसन्ती अधिकारीले सदैव सामुदायिक वनको हितमा काम गर्ने प्रतिबद्धता जनाएकी छिन् ।
शनिबार बाँकेको कोहलपुरस्थित सिद्धिविनायक ग्रामिण सामुदायिक वन उपभोक्ता समूहको १९ औं साधरण सभा तथा १४ औं सार्वजनिक सुुुुनुवाई तथा जनलेखा परीक्षण कार्यक्रममा बोल्दै उनीले यस्तो बताएकी हुन ।
उनले सामुदायिक वनहरुको हकहितका लागि आफू निन्तर लागिरहने बताइन् । साथै सामुदायिक वन संरक्षण गरेर आर्थिक सम्वृद्धि गर्नुपर्ने बताउँदै कोहलपुरमा ५ विगाह क्षेत्रफलमा मानसरोवर पार्क बनाउने काम अघि बढेको बताइन् ।
सिद्धिविनायक समुदायिक उपभोक्ता समुहका अध्यक्ष कृष्ण रानाको सभापतित्वमा भएको कार्यक्रमा आर्थिक वर्ष २०७४÷०७५ को १० लाख २२ हजार ९सय २८ रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरिएको थियो ।
सो अवसरमा समुहकी सदस्य समेत रहेकी अधिकारी सामुदायिक वन उपभोक्ता महासंघ नेपाल प्रदेश ५ की अध्यक्षमा चयन भएकोमा सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव निरीक्षक भिम बहादुर खड्काले सामुदायिक वन संरक्षण गरेर स्थानीयलाई आवश्यक पर्ने घाँस, दाउरा लगायतका आवश्यकताहरु पुरा गर्नका वन जंगलको समेत संरक्षण गर्नुपर्ने बताए ।
कार्यक्रममा वर्षभरी भएका गतिविधिहरुबारे सार्वजनिक सुनुवाई समेत गरिएको थियो । कार्यक्रमा समुहका पुर्व अध्यक्ष प्रेम विष्ट यज्ञ महारा लगायतले आफ्नो भनाई राखेका थिए । कार्यक्रममा समुहका पदाधिकारीहरु विभिन्न संघ संस्थाका प्रतिनिधिहरु उपभोक्ताहरु संचारकर्मी लगायतको सहभागीता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्