बाँसगढी/ नगरपालिका क्षेत्रमा रहेका छाडा पशु चौपायहरुको व्यवस्थापन गर्न माग गर्दै बर्दियाको बाँसगढी नगरपालिकामा लगाइएको ताला खोलिएको छ ।
महिनौँदेखि छाडा चौपायाको सास्ती झेलिरहेका व्यापारी, किसान र स्थानीयहरु उचित व्यवस्थापनको माग गर्दै बुधबार दोस्रो कार्यक्रम अनुसार उनीहरुले नगपालिकाको कार्यालयमा लगाएको ताला दुबै पक्षको सहमतिपछि खोलिएको हो ।
उनीहरुले “छाडा चौपायालाई ब्यवस्थापन गर्”, “पीडित किसानलाई क्षतिपूर्तिको व्यवस्था गर्”, “गाई गोरु छाड्नेलाई कारबाही गर्” जस्ता नाराबाजी गर्दै बजार परिक्रम पछि नगरपालिकामा बुधबार तालाबन्दी गरेका थिए ।
छाडा चौपायाले स्थानीय किसानहरुले रोपेको मकै, धानबाली नष्ट गरेको, पूर्व–पश्चिम राजमार्गमा चल्ने गाडी र यात्रुलाई अवरोध भएको, बजार क्षेत्र दुर्गन्धीत पारेको भन्दै आफूहरुले नगरपालिकामा पटक–पटक जानकारी गराउँदा पनि नगरपालिकाले आफ्नो कुरालाई व्यवास्ता गरेकोले आफूहरु आन्दोलन गर्न बाध्य भएको उनीहरुको भनाई थियो ।
उनीहरुले मंगलबार नगर उपप्रमुख सुष्मा चौधरीलाई समेत गाँई व्यवस्थापनको माग गर्दै ज्ञापन पत्र बुझाएका थिए ।नगर प्रमुख सालिकराम अधिकारीले छाडा चौपाय समस्या बाँसगढीको मात्रै नभएर तराईका सबै जिल्लाको समस्या भएको बताए ।
उनले समस्या नगरपालिकाले आफैले सृजना गरेको समस्या नभए पनि छाडा चौपाया समस्यालाई व्यवस्थापन सधै चासो देखाइरहेको बताए ।
उनले छाडा गाई व्यवस्थापनको लागि नगरपालिकाले बजेट विनियोजनसँगै विभिन्न समुह तथा समुदायसँग छलफल गरेको र तालाबन्दी गर्ने समुहसँग पनि छलफल भएकाले तालाबन्दीको खासै जरुरी नभएको बताए । नगर प्रमुख अधिकारीको सम्बोधनसँगै बुधबार नै ताल खोलिएको हो ।
बाँसगढी नगरपालिकाले छाडा चौपाय छाड्ने व्यक्ति तथा समुहलाई कारबाही गर्ने जनाएको छ । बाँसगढी नगरपालिकामा छाडा पशु चौपाय जथाभावी छोड्ने कार्य गर्नाले दिन प्रतिदिन सडक दुर्घटना, फोहोरमैला तथा किसानहरुको बालीनाली खाई नोक्सानी पु¥याई किसानहरु पीडित हुने लगायतका कार्यहरु बढ्दै गएकाले एक सूचना प्रकाशन गरी प्रचलित कानुन अनुसार कारबाही गरिने जनाएको छ ।
साथै नगरपालिका क्षेत्र भित्र कुनै कसैले आफूले पालेका पशु चौपायहरु छाडा छोडेको देखेमा सो व्यक्तिको परिचय खुल्ने गरी लिखित तथा मौखिक जानकारी गराएमा व्यक्तिको नाम गोप्य राखि उचित पुरुस्कार दिने समेत सूचनामा उल्लेख गरिएको छ ।
,









प्रतिक्रिया दिनुहोस्