बाँसगढी, बर्दिया/ बर्दियामा पानी नपर्दा आकासे पानीको भरमा खेती गर्ने किसानहरु चिन्तित बनेका छन । यस बर्षे अन्य जिल्लामा प्रशस्त पानी परे पनि बर्दियामा खेत रोपाई गर्ने पानी नआउदा किसान चिन्तित भएका हुन ।
बिशेष गरी आकाशे पानीको भरमा खेती गर्ने बाँसगढी, बढैयाताल, बारबर्दिया र मधुवन नगरपालिकाका १५ प्रतिशत किसानहरुको आकाशबाट प्रशस्त पानी नबर्सदा धान रोपाई हुन नसेको छैन ।
पानी जमेको ठाँउहरु र नजिक खोला भएको ठाँउहरुमा पम्प सेट लगाएर भए पनि रोपाई किसानहरुले गरिरहेका छन । घण्टाको ४/५ सय रुपैया खर्च गरेर पनि पम्प सेट लगाए कति धान रोपाई गरिएको र कतिमा पम्प सेट लगाउने पानी पनि नहुदा आफुहरु चिन्तीत भएको किसानहरुको भनाई छ ।
पानी नपर्दा खेतमा राखेको धानको ब्याड पनि ठुलो भई सकेको छ । बर्दियामा हाल सम्म ८५ प्रतिशत धान रोपाई सकिएको जिल्ला कृषि बिकास कार्यालय बर्दियाले जनाएको छ ।
हाल सम्म राजापुरमा ९० प्रतिशत, गेरुवामा ९९ प्रतिशत, ठाकुरबाबामा ९५ प्रतिशत, बारबर्दियामा ६५ प्रतिशत, बढैयातालमा ७५ प्रतिशत, मधुवनमा ८५ प्रतिशत र बाँसगढी नगरपालीकामा ८० प्रतिशत धान रोपाई सकिएको जिल्ला कृषि बिकास कार्यालय बर्दियाका नायव सुब्बा गोपीचन्द चौपालाईले जानकारी दिए ।
कृषि बिकास कार्यालयका अनुसार सिचाईको सुबिधा हुने स्थानमा सबै रोपाई सकिएको र प्रशस्त पानी आईदिए अन्य ठाँउमा पनि रोपाई छिटै सकिने अनुमान गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्