कोहलपुर/ नेपाल वेल होप एग्रीटेक इन्डष्ट्रिज प्रालिको विजय पेलेट दानाले आफ्नो उत्पादन सुरु गरेको छ । कोहलपुर नगरपालिका वडा नम्बर १४ पार्वतिपुरमा अवस्थित प्रालिले प्रति घण्टा २० टन दाना उत्पादन गर्ने गरी करिब ५० करोडको लगानीमा प्रालिले सोमबारबाट आफ्नो उत्पादन सुरु गरेको हो ।

नेपालकै पहिलो दाना उत्पादकका रुपमा रहेको कम्पनि नेपाल वेल होप एग्रीटेक इन्डष्ट्रिज प्रालिले पुर्ण हाई टेक्नोलोजी प्रयोग गरेर दाना उत्पादन सुरु गरेको सेल्स एण्ड मार्केटिङ्ग अफिसर राम चन्द्र रिजालले जानकारी दिए ।

पश्चिम नेपालकै ठुलो दाना उत्पादन उद्योगका रुपमा रहेको उक्त कम्पनिमा १ सय ५० जनाले रोजगारी समेत पाउने भएका छन् ।
प्रदेश नम्बर ५,६ र ७ का व्यवसायिक किसानहरुले यसको प्रतक्ष्य लाभ दिने कम्पनीका प्रोडोक्सन म्यानेजर डम्बर आलेले बताए । उद्योगमा अत्याधुनिक चाइनिज प्रविधि अपनाइएकोले दाना उत्पादन उच्च क्वालिटिको गुणस्तरयुक्त रहने कम्पनिले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्