दुर्गा हत्याका दोषीलाई हदैसम्मको सजायको माग



कोहलपुर/  कोहलपुरका महिला अगुवाहरुले गत बुधबार आफ्नै श्रीमानबाट हत्या गरिएकी दुर्गा गन्दर्वको हत्यामा संलनलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् ।

सोमबार विभिन्न संघ–संस्थामा आवद्ध महिलाहरुको अगुवाईमा हत्यारालाई हदैसम्मको कारवाहीको माग गर्दै बिरोध ¥याली समेत निकालिएको थियो ।

¥याली नगरका विभिन्न भागहरुको परिक्रमा गर्दै कोहलपुर चौराह पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै वडा नं. ११ का वडा अध्यक्ष कर्ण बहादुर थापाले अधिकाशं महिलाहरु आफ्नै घरबाट विभिन्न खाले हिंसाको शिकार बन्नु परेको भन्दै त्यसको न्यूनिकरणका लागि महिलाहरु आफै जागरुक हुनुपर्ने बताए ।

थापाले दुर्गा गन्दर्व हत्यामा संलग्न उनका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिइसकेले कानुन बमोजिम कारबाही हुने बताए ।

कार्यक्रममा सहभागी महिला नेतृहरुले हत्याजस्तो जघन्य अपराधमा संलग्नलाई जन्मकैदको सजाय हुनुपर्ने माग समेत राखेका थिए । उनीहरुले हिंसाको प्रकृति अनुसारको कारबाही प्रक्रियामा थप कडाई गर्नुपर्नेमा समेत जोड दिएका थिए ।

कोहलपुर नगरपालिका–५ पृथ्वीनगरकी दुर्गा गन्दर्वको आफ्नै पति बब्लु भनिने एकराज बैगारले निर्मम तरिकाले हत्या गरेका थिए ।

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका बैगारलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाइसकेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार २५ गते सोमबार