बाँसगढीमा छाडा पशु व्यवस्थापनमा युवाहरुको पहल



बाँसगढी, बर्दिया/   छाडा पशु चौपाया व्यवस्थापन सम्वन्धी अन्र्तक्रिया कार्यक्रम शनिबार बासगढी नगरपालिकामा सम्पन्न भएको छ । बाँसगढी नगरपालिकाका सामाजसेवी युवा तथा ईन्जीनियर कृष्ण पौडेलको संयोजनमा र नगरपालिकाका युवाहरुको सक्रियता अन्र्तक्रिया कार्यक्रमा भएको हो ।

बाँसगढी नगपालिका भित्र रहेका छाडा पशु चौपायाले स्थानीय किसानहरुको खेती नेक्सानीदेखि लिएर राजमार्गमा आवागमनमा पनि समस्या देखिएकोले बाँसगढीका युवाहरुले यसलाई कसरी व्यावस्थापन गर्न किन्छ भन्न्ो उद्देश्यले अन्तक्रिया कार्यक्रमको आयोजना गरेका हुन् ।

अन्तरक्रिया कार्यक्रममा स्थानियवासीहरुले छाडा चौपायाबाट भोग्दै आएका आ–आफना समस्याहरु दर्शाउँदै चाँडो भन्दा चाँडो व्यवस्थान गर्न तिर सम्वन्धित निकाएको ध्यान आकर्षण गराउँदै आफ्ना भनाई राखेका थिए ।

बाँसगढी नगरपालिका वाड नं. ५ का वडा सदस्य हरि प्रसाद पौडेलले नगरपालिकाबाट सकेसम्म चाँडै यो समस्याको सामाधन गर्ने कुरामा जोड दिए । जिल्ला समन्वय समितिका बर्दियाका सदस्य भक्तिराम अधिकारीले पनि आफ्नो ठाउँबाट छाडा चौपाया व्यवस्थापनका लागि पहल गर्ने बताए ।

सामाजसेवी भरत बहादुर सापकोटाले पनि छाडा पशुहरुको समाधनाका लागि स्थानीय सरकार र स्थानियवासी सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न सके मात्र यो समस्याको समाधन गर्न सकिने र गाई वस्तु छाडा छाड्नेलाई कारबाही गर्ने नियम बनाउनु पर्ने कुरामा जोड दिए ।

उनले छाडा चौपाया व्यवस्थापनका लागि नगरपालिकाले यस्ता किसिमका अन्तरक्रिया गरिनु पर्ने र सामाधानको खोजी गर्नु पर्नेमा जोड दिए । छाडा गाई व्यवस्थापन अन्तरक्रिया कार्यक्रममा नेपाल जेसिज् वर्ष २०१७ का राष्टिय उपाध्यक्ष हेमराज खनाल, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बद्रि बराल, समाजसेवी भरत सापकोटा, स्थानीय युवा, व्यापारी बुद्धिजिवी, समाजसेवी स्थानिवासी लगायतको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार २४ गते आइतबार