कोहलपुर/ बुधबार श्रीमतीको हत्या गर्ने कोहलपुर नगरपालिका–५का बब्लु भनिने एकराज गन्र्धवलाई पक्राउ गरी कडा कारबाही गर्न कोहलपुरका महिला अगुवाहरुले माग गरेका छन् ।
बिहिबार पे्रस विज्ञप्ती जारी गर्दै उनीहरुले तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् । महिला उपकार मञ्च कोहलपुरकी अध्यक्ष बिजुला अधिकारीको संयोजकत्वमा बसेको बठैकबाट हत्यारालाई तत्काल खोजी गरी कारबाहीको माग गर्दे प्रेस विज्ञप्ती जारी गरिएको बताइएको छ ।
महिला उपकार मञ्चकी अध्यक्ष विजुला अधिकारी कोहलपुर सहकारी सञ्जालकी अध्यक्ष मिना सिग्देल नेपाल महिला सघंकी सतीदेवी ढकाल, नेपाल क्रान्तिकारी महिला संघकी गोमा शाही, मिलिजुली सहकारी संस्थाकी सुनिता सुनार लगायतका एक दर्जन महिलाहरुले हस्ताक्षर गरी पिडकलाई कारबाहीको माग गर्दै विज्ञप्ती जारी गरेका थिए ।
यता ईलाका प्रहरी कार्यालयका निमित्त प्रमुख निरन्जन घिमिरेले हत्यारालाई बाँकेको गनापुरबाट पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको बताए ।









प्रतिक्रिया दिनुहोस्