सरकारी स्तरबाट ७ लाख बढि बृक्षारोपण गरिने 



बाँसगढी, बर्दिया/  बर्दिया जिल्लामा यस बर्ष सरकारी स्तरबाट मात्रै ७ लाख बढी बृक्षारोपण गर्ने लक्ष्य लिईएको छ ।

प्रत्येक बर्ष सञ्चालन गरिने बृक्षारोपण कार्यक्रम अन्तरगत यस बर्ष ७ लाख २५ हजार बिभिन्न जातका बिरुवाहरु रोपिन जिल्ला बन कार्यालय बर्दियाले जनाएको छ ।

बृक्षारोपणको लागि जिल्ला बन कार्यालय बर्दियाले आफ्नै नर्सरीमा २ लाख बिरुवा उत्पादन गरिएको २ लाख १५ हजार बिरुवा अन्य नर्सरीबाट खरिद गरिएको र ३ लाख बिरुवा बाँसगढी, मधुवन र बारबर्दियाले उत्पादन गरेको जिल्ला बन कार्यालय बर्दियाका अधिकृत शिव सापकोटाले बताए ।

बिरुवा उत्पादनको लागि प्रति बिरुवाको ८ देखि ९ रुपैया उत्पादन खर्च लाग्ने र सबै बिरुवाको करिब ६० लाख बढी उत्पादन खर्च लागेको बन अधिकृत सापकोटाको भनाई छ ।

बिरुवाहरु बिशेष गरी सामुदायिक बन, खाली स्थानहरु, अधिकांश निजि तथा सर्बाजनिक जग्गाहरु, सामुदायिक बन लगायतका स्थानहरुमा रोपिने छ । बिरुवा लिन चाहाने फर्महरु तथा व्यक्तिको लागि बैशाक देखि नै निवेदन खुल्ला गरिएको छ ।

आम चाहाना अनुसार सगुन, पिप्टीस, खैर, सिसौ लागतका बिरुवाहरु उत्पादन तथा खरिद गरिएको जनाईएको छ । जिल्लाका बिभिन्न स्थानहरुमा निजि स्तरबाट पनि बृक्षारोपण हुने जनाईएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार २१ गते बिहीबार