कोहलपुर/ लागुऔषध प्रयोगकर्ताहरु दिनानुदिन बढ्दै गैरहेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
गृह मन्त्रालय लागुऔषध नियन्त्रण शाखाले नेपालगन्जमा आयोजना गरेको लागुऔषध नियन्त्रण सम्बन्धमा सरकारी कर्मचारीका लागि प्रशिक्षण कार्यक्रमका सहभागीहरुले यस्तो चिन्ता गरेका हुन् ।
कार्यक्रममा बोल्दै गृह मन्त्रालय लागुऔषध नियन्त्रण शाखाका उपसचिव प्रेमलाल लामिछानेले लागुऔषधको समस्या दिनानुदिन बढदै गैरहेको बताए । उनले नेपालमा हुने अधिकांश अपराधिक घटनाहरु लागुऔषध प्रयोगबाट भएको बताए ।
उनले लागुऔषधका कारण प्रयोगकर्तामा मात्रै नभएर सामाजीक आर्थिक स्वास्थ्य र शान्ति शुरक्षा तथा कानुनको पालनामा पनि असर परिरहेको बताए ।
लागुऔषध प्रयोगका कारण समाजमा वेरोजगारी बढने, गरिबी बढने घर परिवारमा तनाव, झैझगडा हुने सामाजिक अपराधमा संलग्न हुने जस्ता समस्या निम्ताउने उनले बताए ।
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले बाँकेमा लागुऔषध प्रयोगकर्ता बढदै गएको प्रति चिन्ता व्यक्त गरे । उनले लागुऔषध दुव्र्यसनी नियन्त्रणका लागि जिल्लामा बेग्लै संयन्त्रको निर्माण गरी अघि बढने प्रतिबद्धता जनाए ।
कार्यक्रमा बाँकेका सरकारी कार्यालयका प्रमुख, प्रहरी अधिकृत लगाएतको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्