बैजनाथका लक्षित वर्गका कार्यक्रमहरुको अनुगमन



कोहलपुर/  बाँकेको बैजनाथ गाउँपालिकाले यस आर्थिक वर्षमा सञ्चालन गरेका दलित लक्षित कार्यक्रमको मंगलबार अनुगमन गरिएको छ । बैजनाथ गाउँपालिकाका कार्यपालिका सदस्य तथा अनुगमन समितिका संयोजक गुमान बहादुर परियारको संयोजकत्वमा अनुगमन गरिएको थियो ।

बैजनाथ गाउँपालिका स्तरिय दलित सञ्जालले दलितहरुका लागि संञ्चालन गरिएका ३१ थान सिलाई मेसिन ५३ थान आरन सामाग्री तथा १ सय १० घर धुरीलाई वितरण बाख्रा वितरण गरिएको कार्यक्रमहरुको अनुगमन गरिएको थियो ।

अनुगमन समितिले बैजनाथ गाउँपालिकाको वडा नं १ चिसापानी वडा नं २ को डिगिया वडा न. ३ नौबस्ता र वनखेत वडा न.४ को जनमतपुर वडा न.५ को विपतीपुर र जिगाउँ वडा न.६ को एच गाउँ, वडा न.७ को पेडारी र वडा न.८ को टिटिहिरियामा सञ्चालन गरिएका ३ वटै कार्यक्रमहरुको अनुगमन गरिएको थियो । अनुगमनका सिलसिलामा बैजनाथ गाउँपालिका वडा नं १ चिसापानीका राम बहादुर सुनारले आफु दलित संजालबाट पाएको आरन सामाग्रीबाट १ महिनामै ५ हजार रुपैया कमाउन सफल भएको बताए ।

त्यस्तै वडा नं का अपाङ्गता भएका रेशम परियारले दलित संञ्जालले लिएको सिलाई मेसिन आफ्ना लागि वरदान सावित भएको बताए । अनुगमनका क्रममा कतिपय स्थानमा आरन सामाग्री प्रयोगमा नल्याएको पाइएको र यथाशिघ्र समानहरु जडान गरी प्रयोगमा ल्याउन सुझाव दिएको अनुगमन समितिका संयोजक गुमान बहादुर परियारले बताए । साथै उनले अनुगमनका क्रममा प्रत्येक वडाका वडाध्यक्षहरुले कार्यक्रमहरु सहि भएको भनि हस्ताक्षर सहित प्रप्रमाणित गरेका थिए ।

अनुगमनका कार्यपालिका सदस्य मेघ बहादुर सुनार,संगिता सुनार प्रत्येक वडाका दलित महिला सदस्यहरु सिलाई मेसिन कार्यक्रमका संयोजक ठगीराम परियार, आरन व्यवस्थापन समितिकाका संयोजक मंगल सिँह सुनार, आयआर्जन समितिका संयोजक दिल विश्वकर्मा बैजनाथ गाउँपालिका स्तरिय दलित संञ्जालकी अध्यक्ष खगीसरा सुनार, सचिव यमुना रसाईली कोषाध्यक्ष सम्झना सुनार पत्रकार लगाएतको समुहले अनुगमन गरेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार २० गते बुधबार