बाँसगढी/ बर्दियामा बाँसगढी, गुलरिया र राजापुरका १२ ओटा सुन चाँदी पसलहरु सिलबन्दी गरिएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाको प्रेस बिज्ञप्ती अनुसार आम उपाभोक्ताहरुको हित संरक्षणका लागि जिल्लाका बिभिन्न क्षेत्रमा बजार अनुगमन गरि संकलन गरीएको सुन नमुना गुणस्तर तथा नापतोल बिभागमा परिक्षण गर्दा ८ प्रतिशत अन्य धातु मिसावत गरी विक्रि वितरण गरेको पाईएको हुदाँ १२ ओटा सुन पसलहरुमा सिलबन्दी गरिएको छ ।
पसलहरुमा सिलबन्दी सँगै पसल सञ्चालकहरुलाई पनि पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा विजयलक्ष्मी सुनार, सन्तोषी सोनी, इश्वरकुमार विश्वकर्मा, भिमबहादुर सेञ्चुरी, कविराम विक, भगवान शरण सोनी, परशुराम सुनार, र निमप्रकाश सुनार छन् । यस्तै, यमलाल विश्वकर्मा, इन्द्रमान सुनार, सिता सुनार, त्रिभुवन सुवर्णकारm शिवबहादुर सुनार र संगिता सुनारलाई सुनमा मिसावट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
बाँसगढीमा ईलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख महेन्द्रजंग शाहीको नेतृत्वमा ईलाका प्रहरी कार्यालय बाँसगढी प्रहरी निरिक्षक वसन्त गौतम सहितको प्रहरी टोली, बाँसगढी उद्योग वाणिज्य सँघका प्रतिनिधी, सञ्चारकर्मी सहितको टोलीले गण्डकी सुनचाँदी पसल, मोडेल सुनचाँदी पसल, सिता सुनचाँदी पसल, पोखरा सुनचाँदी पसल, पर्वत मनिषा सुनचाँदी पसल र स्याङ्जा सुनचाँदी पसल सिलबन्दी गरेको थियो ।
गुलरिया बजारका न्यु स्याङ्जा गण्डकी सुनचाँदी पसल, गण्डकी सुनचाँदी पसल, राप्ती लुम्बीनी सुनचाँदी पसल, राजापुर बजारका दङ्गाली सुनचाँदी पसल, लुम्बिनी सुनचाँदी पसल र फुलाराम ज्वैलर्सलाई पनि सिलबन्दी गरि सञ्चालकहरुलाई पक्राउ गरिएको छ । उपभोक्ताहरुको हित संरक्षणको लागि अनुगमन गर्ने क्रममा गुनस्तर तथा नाप तौल बिभाग काठमान्डौमा परिक्षण गराउदा ८ प्रतिशत सम्म सुनमा अन्य धातु मिसाईएको पाईएकोले कारवाही गर्नु परेको पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गलले जानकारी दिएका छन ।
उनले परिक्षणका लागि सिमेन्ट, पानी, तेल आदीको नमुना पठाइएको र ती बस्तुको परिक्षण नजिता आए पछि आवश्यक कारवाही अगाडी बढाईने बताए । अभियुक्तहरुलाई कालो बजार तथा केही सामाजिक अपराध ऐन २०३२ अन्तरगत कारवाही हुने जनाईएको छ ।
सजाय अन्तरगत ९ महिना कैद वा दुई लाख सम्म जरिवाना वा दुबै सजाय हुन सक्ने व्यवस्था रहेको प्रमुख जिल्ला अधिकारी मुरुम्बाङ्गले जनाकारी दिए । केहि दिन अघि बाँसगढी, गुलरिया, राजापुर बजारमा रहेका सुन चाँदी पसलहरु अनुगमन गरि परिक्षणको लागि सबै सुन पसलहरुबाट बनाईएका सुनका गहनाहरु लिईएको थियो । ति सुनका गहनाहरुलाई परिक्षण गर्दा ८ प्रतिशत बढी अन्य धातु मिसावट गरिएको पाईएकाले सुन पसलहरु सिलबन्दी गरिएको हो ।









प्रतिक्रिया दिनुहोस्