बर्दिया/ ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीमा प्रहरी प्रमुख बसन्त गौतम आएसँगै विभिन्न चेक जाँचमा कडाई गरिएको छ ।
प्रहरी निरिक्षक चक्र बहादुर डम्बर पालको सरुवासँगै नयाँ प्रहरी प्रमुखको रुपमा आएका प्रहरी निरीक्षक गौतमले लागुऔषध बेचबिखन तथा लागु औधष सेवन गर्ने ठाँउहरुको पहिचान गर्ने र लागुऔषध रोगथाम गर्न कडा निगरानी गरिएको हो ।
बाँसगढी क्षेत्रमा निजी तथा सार्वजनिक जग्गाहरुमा गाँजाका बोटहरु अत्याधिक उम्रिएकाले गाँजाका बोटहरु नष्ट गर्ने अभियान पनि सुरु गरिएको छ । प्रहरी निरीक्षक गौतम सहितको टोलीले बाँसगढी वडा नं.४ मटेरीयामा ऐलानी २ कठ्ठा खेतमा आफै उम्रिएको गाँजाका बुटाहरु नष्ट समेत गरेको छ ।
प्रहरी निरीक्षक गौतमले आफ्नो निजी जग्गामा आफै उम्रिएको गाँजाका बोटहरु भए नष्ट गर्न र सार्र्वजनिक स्थानहरुमा उम्रिएका गाँजाका बोटहरु पनि स्थानीय मिलेर नष्ट गर्न आग्रह गरेका छन् ।
त्यस्तै बाँसगढी नगरपालिका–७ डेउढाका ३५ वर्षीया लक्ष्मण थारुलाई १० पुरिया (५८० मिली ग्राम) ब्राउन सुगर सहिति पक्राउ गरिएको छ ।
प्रहरी निरीक्षक सहितिको टोलीले अनुसन्धान तथा चेक जाँच गर्ने क्रममा शंकास्पद तरिकाले हिडिरहेका थारुको शरीर तलासी गर्दा आगुऔषध फेला परेको र अनुसन्धान जारी रहेको ईलाका प्रहरी कार्यालय मोतिपुर जनाएको छ ।
त्यस्तै बाँसगढी क्षेत्रमा भारतको बलैगाँउबाट अबैध रुपमा भन्सार छलि विभिन्न अबैध सरसमानहरु आउने भएकाले थप चेक जाँच गरी कडाई गरिएको छ ।
बाँसगढी क्षेत्र भित्र विद्यालयहरुको एक सय मिटर भित्र मदिरा तथा सुर्तिजन्य पर्दाथ बिक्रि वितरण हुन नदिन र घरेलु मदिरा बेचबिखनमा पनि प्रभावकारी चेक जाँच तथा कडाई गरिने प्रहरी निरीक्षक गौतमले बताए ।









प्रतिक्रिया दिनुहोस्