नीति तथा कार्यक्रमका लागि सुझाव संकलन



नेपालगन्ज/  बाँकेको खजुरा गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ को वार्षिक नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गरेको छ ।

सुझाव संकलन कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतीले विभिन्न कारणवश गत वर्ष सुझाब संकलन गर्न नसकिएकाले केही कमजोरी भएकाले यस वर्ष हरेक तहबाट सुझाव संकलन गर्न लागिएको जानकारी दिए ।

उनले सबैको राय तथा सुझावका आधारमा गाउँपालिकाले नीति तथा कार्यक्रम निर्माण गरिने बताए ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार ६ गते बुधबार