लक्ष्मी माविमा ट्राफिक सचेतना



कोहलपुर/    कोहलपुर नगरपालिका–२, बर्दहवास्थित लक्ष्मी माध्यमिक विद्यालयमा मंगलबार ट्राफिक शिक्षासम्बन्धी सचेतना कार्र्यक्रम सम्पन्न भएको छ ।

कोहलपुर नगरपालिकाको सहयोग तथा समाज सेवा संस्था नेपालको आयोजनामा सञ्चालन गरिएको सचेतना कार्यक्रममा सो विद्यालयका कक्षा ८, ९ र १० का करिब ३ सय जना विद्यार्थीलाई ट्राफिक नियमसम्बन्धी जानकारी दिइएको थियो ।

समाज सेवा संस्थाका केन्द्रीय अध्यक्ष बिनोद थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका असई पुरुषोत्तम पौडेलले सहजीकरण गरेका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको प्राविधिक सहयोगमा सञ्चालन गरिएको कार्यक्रममा समाज सेवाका पदाधिकारीहरु, विद्यालयका शिक्षक, विद्यार्थीलगायतको सहभागिता थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार ६ गते बुधबार