बर्दिया/ बर्दियाको ठाकुरद्धारामा वन्यजन्तु सम्बन्धी सुचना संकलन तथा व्यवस्थापन विषयक सञ्चारकर्मीसँग शनिबार एक दिने अन्तरक्रिया गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्धाराको सहयोगमा परिमार्ग मिडिया सेन्टर गुलरियाको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज शाहले पत्रकार तथा सञ्चारकर्मीहरुले जैविक विविधताका विषयमा समाचार सम्पे्रशन गर्दा गहन रुपमा बुझ्न र निकुञ्ज सँग पनि समन्वय गर्न आग्रह गरेका छन ।
अन्तरक्रिया कार्यक्रमको सहजिकरण गर्दै सहायक संरक्षण अधिकृत अशोक भण्डारीले वन्यजन्तुहरुको बाँस स्थान जोगाउनु र संरक्षण गर्नु नै निकुञ्जको मुख्य दायित्व रहेको बताए ।
उनले राष्ट्रिय निकुञ्ज आसपासमा न्युन आयस्तर भएका नागरिकहरुको बसोबास रहेकाले उनीहरुको जिवन स्तर उकास्न आयआर्जनका कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए ।
भण्डारीले निकुञ्जको ईतिहास, निकुञ्ज र जनावरहरुको बाँसस्थानको अवस्था, उनीहरुको संरक्षण तथा व्यवस्थापन, आन्तरिक तथा बाह्य पर्यटकहरुको अवस्था, निकुञ्जको विकास लगायतका बारेमा जानकारी मुलक सहजिकरण गरेका थिए ।
कार्यक्रममा सहायक संरक्षण अधिकृत भण्डारीले निकुञ्जमा जैविक विविधता संरक्षणको लागि चुनौति, अवसर र सम्भावनाको विषयमा पनि सञ्चारकर्मीहरुलाई जानकारी गराए ।
निकुञ्ज एरियामा बिभिन्न किसिमका बनमाराझार, पानीको श्रोत तथा गेरुवा नदिको वहाब कम हुदै जानु, बबई भ्यालीमा कहिले बालुवा, ढुगाहरु थुप्रिनु, जंगली जनावहरुले मध्यवर्तीक्षेत्रमा क्षति पु¥याउने चुनौति रहेको र अहिले निकुञ्जमा हात्ती, गैँडा, बाघ लगाएतको संख्या बृद्धि हुदै गएकोले सम्भाबना पनि बढदै गएको बताए ।
वन्यजन्तुको क्षतिलाई नियन्त्रण र व्यवस्थापनको लागि सामुदायिक स्तरमा शिक्षा तथा जनचेतना मुलक कार्यक्रमहरु गरिरहेको समेत उनको भनाई थियो । अन्तरक्रिया कार्यक्रममा बर्दिया जिल्लाका विभिन्न रेडियो, छापाखाना र टेलिभिजनमा आवद्ध सञ्चारकर्मीहरु गरी ३० जना भन्दा बढीको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्