कोहलपुर,१ असार / कोहलपुरमा जारी प्रथम मावि स्तरीय उपमेयर छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत सेमिफाईनल चरणका खेलहरु भोलि (शनिबार) हुने भएका छन् ।
आज शुक्रबार सेमिफाईनल चरणका खेलहरु हुने भनिएपनि वर्षाका कारण खेल प्रभावित भएपछि मिति परिवर्तन गरिएको हो ।
यसअघि असार ३ गते प्रतियोगिता समापन गर्ने गरी खेल तालिका सार्वजनिक गरिएको थयो । यद्यपी मौसममा आएको खराबीका कारण १ गते हुने भनिएको सेमिफाईनलका खेलहरु भोलि (शनिबार) २ गते सञ्चालन हुने भएका हुन् ।
नगरभित्रका १२ टिमले सहभागिता जनाएको प्रतियोगितामा ४ वटा टिम सेमिफाईनल चरणमा प्रवेश गरेका छन् । आ–आप्mनो समुह विजेता हुँदै जनज्योती, त्रिभुवन, सगरमाथा र साईनिङ स्टार माविले सेमिफाईनल यात्रा तय गरेका हुन् ।
भोली हुने पहिलो सेमिफाईनल खेलमा जनज्योती र साईनिङ स्टार प्रतिस्प्रर्धा गर्ने छन् भने सगरमाथा र त्रिभुवन माविले पनि फाईनल चरण प्रवेशका लागि प्रतिस्प्रर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको फाईनल खेल असार ३ गते खेलाइने भएको छ ।









प्रतिक्रिया दिनुहोस्