नेपालगन्ज,२७ जेठ/ बाँकेको खजुरामा भएको टुबोर्ग तेस्रो नेपालगञ्ज गोल्डकप फुटबलको उपाधी लाली रुपन्देही–११ ले हात पारेको छ ।
शनिबार भएको फाइनल खेलमा संकटा क्लव, काठमाडौंलाई १–० गोल अन्तरले पराजित गर्दै रुपन्देहीले लगातार दोस्रो पटक नेपालगञ्ज गोल्डकप उपाधि हात पारेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा रुपन्देहीका जोन ग्लोरीले ५३ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । गोल्डकप जितेसँगै रुपन्देहीले रु ५ लाख रुपैया पुरस्कार प्राप्त गरेको छ भने दोस्रो भएको संकटाले २ लाख ५० हजार पाएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी रुपन्देही–११ का कप्तान दीपक गुरुङ घोष्ति भएका छन् । उनले सुजुकी मोटरसाइकल प्राप्त गरेका छन् ।
त्यस्तै, उत्कृष्ट गोलकिपर रुपन्देहीका राजुबाबु मगर, रक्षकमा रुपन्देहीकै युधा शाही, मिडफिल्डरमा संकटाका सौजन राई र उत्कृष्ट फरवार्ड संकटाकै शान्त गुरुङ भएका छन् । उनीहरुले सबैले दश÷दश हजार रुपैयाँ पाएका छन् ।









प्रतिक्रिया दिनुहोस्