कोहलपुर,१७ जेठ/ सरकारले बाँकेमा २ अर्ब ७२ करोड ६४ लाख बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ को बजेटमार्फत् वित्तीय समानीकरणतर्फ १ अर्ब २८ करोड २६ लाख र सशर्त अनुदानतर्फ १ अर्ब ४४ करोड ३८ लाख बजेट विनियोजन गरिएको हो ।
बाँकेका ८ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी बजेट नेपालगन्ज उपमहा नगरपालिकामा परेको छ भने सबैभन्दा कम बजेट नरैनापुर गाउँपालिकालाई परेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका लागि ६५ करोड ४४ लाख बजेट विनियोजन गरिएको छ । जसमा वित्तीय समानीकरणतर्फ २९ करोड ४७ लाख र सशर्त अनुदानतर्फ ३५ करोड ९७ लाख रहेको छ ।
कोहलपुर नगरपालिकाका लागि ४० करोड ८१ लाख विनियोजन गरिएको छ । जसमा वित्तीय समानीकरणतर्फ १८ करोड ३५ लाख र सशर्त अनुदानतर्फ २२ करोड ४६ लाख रहेको छ । यस्तै ६ वटा गाउँपालिकाका लागि १ अर्ब ६६ करोड ३९ लाख विनियोजन गरिएको छ । जसमा वित्तीय समानीकरणतर्फ ८० करोड ४४ लाख र सशर्त अनुदानतर्फ ८५ करोड ९५ लाख रहेको छ ।
खजुरा गाउँपालिकाका लागि वित्तीय समानीकरणतर्फ १४ करोड ५० लाख र सशर्त अनुदानतर्फ २१ करोड २२ लाख गरी ३५ करोड ७२ लाख विनियोजन गरिएको छ ।
जानकी गाउँपालिकाका लागि २० करोड ९२ लाख विनियोजन गरिएको छ । जसमा वित्तीय समानीकरणतर्फ ११ करोड ७७ लाख र सशर्त अनुदानतर्फ ९ करोड १५ लाख रहेको छ ।
डुडुवा गाउँपालिकाका लागि २१ करोड ५७ लाख विनियोजन गरिएको छ । जसमा वित्तीय समानीकरणतर्फ ११ करोड ५१ लाख र सशर्त अनुदानतर्फ १० करोड ६ लाख रहेको छ ।
नरैनापुर गाउँपालिकाका लागि वित्तीय समानीकरणतर्फ ११ करोड ५ लाख र सशर्त अनुदानतर्फ ९ करोड ७५ लाख गरी २० करोड ८० लाख बजेट विनियोजन गरिएको छ ।
बैजनाथ गाउँपालिकाका लागि ३१ करोड ३६ लाख विनियोजन गरिएको छ । जसमा वित्तीय समानीकरणतर्फ १५ करोड १४ लाख र सशर्त अनुदानतर्फ १६ करोड २२ लाख रहेको छ ।
त्यस्तै राप्ती सोनारी गाउँपालिकाका लागि वित्तीय समानीकरणतर्फ १६ करोड ४७ लाख र सशर्त अनुदानतर्फ १९ करोड ५५ लाख गरी ३६ करोड २ लाख विनियोजन गरिएको छ ।
बर्दियामा साढे २ अर्ब
बर्दियामा २ अर्ब ५६ करोड ७२ लाख बजेट विनियोजन गरिएको छ । जसमा वित्तीय समानीकरणतर्फ १ अर्ब १८ करोड ४७ लाख र सशर्त अनुदानतर्फ १ अर्ब ३८ करोड २५ लाख बजेट विनियोजन गरिएको छ ।
गुलरिया नगरपालिका लागि ३९ करोड ७२ लाख, ठाकुरबाबा नगरपालिकाका लागि २७ करोड ८४ लाख बजेट विनियोजन गरिएको छ ।
बाँसगढी नगरपालिका लागि ३३ करोड ६० लाख, मधुवन नगरपालिकामा २९ करोड ४० लाख, राजापुर नगरपालिकामा ३३ करोड ७३ लाख, बारबर्दिया नगरपालिकाका लागि ३६ करोड १२ लाख विनियोजन गरिएको छ ।
गेरुवा गाउँपालिकाका लागि २३ करोड १४ लाख बजेट विनियोजन र बढैयाताल गाउँपालिकाका लागि ३३ करोड १७ लाख बजेट विनियोजन गरिएको









प्रतिक्रिया दिनुहोस्