धानबालीमा ब्युटाक्लोर प्रयोग नगर्न कृषिहरुलाई सुझाव



जुम्ला,१० जेठ/  धानबालीमा झारनासक विषादी ब्युटाक्लोर प्रयोग नगर्न कृषि विकास कार्यालय जुम्लाले किसानलाई सुझाव दिएको छ ।

ब्युटाक्लोर लगायतका रासायनिक विषादी प्रयोग गरेमा स्याउ, सिमी सहितका अन्य उत्पादनलाई अर्गानिक प्रमाणिकरण गर्न बाधा पर्ने कार्यालयले जनाएको हो ।

ब्युटाक्लोर प्रयोग गर्दा मानव स्वास्थ्य, पशुपंक्षि, माटो, जल तथा वातावरणमा प्रतिकूल प्रभाव पार्ने कृषि प्राविधिक सहायक कमला थापाले बताउनुभयो ।

स्याउ, सिमी लगायतका अन्य कृषिजन्य उत्पादनमा रासायनिक विषादीको प्रयोगले किसानलाई नै नोक्सानी हुने उहाँको भनाइ छ ।

धानबालीमा झारनासक विषादी ब्युटाक्लोर प्रयोग गरेमा मानव स्वास्थ्यका लागि मात्र नभइ पशुपंक्षि महिलाको पाठेघरमा क्यान्सर देखा पर्ने तथा जिव–जनावरका लागि पनि हानि हुने विज्ञले बताएका छन् ।

बिषादि प्रयोग गरेको खेतमा काम गर्दा मानिसलाइ बिषादिको संक्रमण हुने र विभिन्न प्रकारका रोगले संक्रमण गर्ने विज्ञको भनाइ छ ।

ब्युटाक्लोर प्रयोग गरेको धानको पराल खाएमा जिव जनावरलाइ पनि तत्काल वा दिघ्र्रकालिन रुपमा असर पर्ने बरिष्ठ कृषि विकास अधिकृत भरत बहादुर कँडेलले बताउनुभयो ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ १० गते बिहीबार