ब्याउन दुई महिना अगावै दैनिक ९ लिटर दुध



कोहलपुर,७ जेठ/  सामान्यतया कुनैपनि पशुले व्याएपछि मात्रै दुध दिने गर्दछन् । तर बाँकेको बैजनाथ गाउँपालिका–५ जि गाउँमा अमिर सुवेदीले पालेको पहिलो बेते कोरली गाईले ब्याउने समय भन्दा दुई महिना अगावै ९ लिटर दुध दिन थालेपछि सुवेदी परिवार र स्थानीय अचम्मित भएका छन् ।

सुवेदीले पालेको होलस्टेन जातको जर्सी गाईले दुध दिन थालेपछि स्थानीय समेत अचम्ममा परेका हुन् । गाईको कचौडा ठूलो हुँदै गयो, हामीले सोच्यौ ब्याउने समय नजिकिएकोले बढ्दै गएको होला तर, गाईलाई नै ज्वरो आएपछि दुध दुहुनपर्ने भो सुवेदीले भने ‘पाँचदिन भयो ९ लिटर दुध दिएको छ ।’

उनले कुनै व्यवसायिक रुपमा गाई पालेका भने होईनन घर परिवारको लागि केही महिना अघि कोरली गाई ल्याएका थिए । सुवेदीले भने म कलाकार हुँ, व्यवसायका लागि गाई पालेको होइन, साउनमा ब्याउने कोरली गाईले जेठमै ९ लिटर दुध दिँदा आफै अचम्मित भएको छु, पाँचदिन भो गाईले दुध दिइरहेको छ ।’ उनले भने

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ ७ गते सोमबार