बाँके खजूरा,२७ वैशाख/ खजुरा गाउँपालिका–२ सी गाउँमा सरस्वती मन्दिरको निमार्ण गरिएको छ । अम्मर माध्यमिक विद्यालय गौतमवस्ती प्रङ्गणमा सो मन्दिर निमार्ण गरिएको हो ।
मन्दिर निमार्ण समितिका कोषाध्यक्ष नारायण प्रसाद शर्माकाअनुसार २ लाख १२ हजार बढिको लागतमा सो मन्दिर निमार्ण गरिएको हो ।
यसैबिच बिहीबार नै सरस्वती मन्दिर निमार्ण समितिले आफ्नो खर्चको हिसाव सार्वजनिक गरेको छ । समितिका अध्यक्ष रामबहादुर थापा मगरका अनुसार, मन्दिर निमार्णका लागि रु २ लाख १२ हजार ५९ रुपैयाँ खर्च भएको छ । स्थानीयबाट रकम संकलन गरी सो मन्दिर निमार्ण गरिएको हो ।
समितिले रु २ लाख ३० हजार ८ सय ५० रुपैयाँ संकलन गरेको थियो । संकलित मध्ये रु १८ हजार ७ सय ५१ बचेको रकम बिहीबार नै समितिले विद्यालयलाई हस्तारण गरेको थियो ।
कार्यक्रममा प्रदेश सासंद बाबुराम गौतम, खजुरा गाउँपालिकाका उपप्रमुख एकमाया विक, विद्यालयका पूर्व अध्यक्ष मान बहादुर ओली, स्थानीय शिक्षक अविभावकहरुको सहभागिता रहेको थियो ।








प्रतिक्रिया दिनुहोस्