अब विकट बस्ती हुने छैनन् : मुख्यमन्त्री



मिसन समाचारदाता : कोहलपुर,२४ वैशाख/  प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले ५ नं. प्रदेश भित्रका कुनै पनि बस्तीहरु विकट नहुने बताएका छन् ।

बाँकेको राप्तिसोनारी गाउँपालिकाको फत्तेपुरमा रहेको सिद्धेश्वर माध्यामिक विद्यालयको स्वर्ण जयन्तीको अवसरमा बोल्दै मुख्यमन्त्री पोख्रेलले प्रदेश नं.५ का हरेक गाउँ–वस्ती र टोलटोलमा विद्युत यातायात र टेलिफोन सेवा पु¥याउन प्रदेश सरकार कटिबद्ध रहेको आश्वासन दिए ।

५ नं. प्रदेशका हरेक जनताहरु अब राज्यबाट पाउने कुनै पनि सेवा सुविधाबाट वञ्चित नहुने बताए । सडक नभएका स्थानमा तत्काल सडक बिजुली नभएका स्थानमा तत्काल विजुली, शिक्षा र स्वास्थ्यका लागि तत्कालै पहल गरिने समेत बताए ।

मुख्यमन्त्री पोखरेलले बाँकेको बघौडा क्षेत्रमा राप्ती नदिबाट हुने कटान पटान र डुवानको समस्याप्रति प्रदेश सरकार संवेदनशिल रहेको बताए । उनले यस खालका समस्यालाई समाधान गर्नका लागिप्रदेश सरकारले वर्षाको पानीलाई जम्मा गरेर राख्ने जललाशाययूक्त आयोजना नौमुरे जलाशाययूक्त आयोजना निर्माण गर्ने अठोट गरेको बताए ।

नौमुरे जलाशाययूक्त आयोजना निर्माणपछि धेरै जनताका समस्याहरु समाधान हुने मुख्यमन्त्री पोख्रेलको विश्वास छ । उनले ५ नं. प्रदेशका १२ जिल्ला मध्ये १० जिल्ला निरक्षरता उन्मूलन जिल्ला घोषणा गरिएको बताउँदै सुगम मानिएका जिल्ला कपिलबस्तु र बाँके जिल्ला भन्नु पर्दा आफूलाई निकै दुख लाग्ने गरेको बताए ।

अन्य क्षेत्रको लगानी भन्दा शिक्षा क्षेत्रको लगानी कहिल्यै खेर नजाने बताउँदै पोखरेलले हरेक अभिभावकहरुले आफना सन्तालाई शिक्षामा लगानी
गर्नका लागि अनुरोध समेत गरे ।

सोही अवसरमा मुख्यमन्त्री पोखरेलले बाँकेको नरैनापुर गाउँपालिका क्षेत्रको पनि अनुगमन गरेका थिए । मन्त्री पोख्रेललाई सो क्षेत्रका बासीन्दाले नरैनापुर क्षेत्रमा छोटी भन्सारको व्यवस्था गर्न र नेपालगन्जसम्म पुग्ने स्थाई सडक निर्माणमा पहल गरिदिनका लागि अनुरोध गर्दै ज्ञापनपत्र समेत बुझाएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख २४ गते सोमबार