सुदीप अधिकारी : बर्दिया,२१ वैशाख/ विद्यार्थी भर्ना अभियानका क्रममा मुलुकका प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्रीलगाएतका नेताहरुले विभिन्न ठाउँमा पुगेर बालबालिकाको अभिभावक बन्ने क्रम चलेसँगै जिल्लाका एक विद्यार्थी नेताले पनि एक जना विद्यार्थीको अभिभावकत्व लिएका छन् ।
अनेरास्ववियुका जिल्ला अध्यक्ष महेन्द्र पंगेनी कक्षा ९ मा एक जना मुक्तकमैया परिवारका विपन्न विद्यार्थीलाई विद्यालयमा भर्ना गरेर उनको अभिभावक बनेका हुन् । बिहिबार एक कार्यक्रमका बिच अध्यक्ष पंगेनीले चुरे माध्यामिक विद्यालयमा कक्षा ९ भर्ना गरेका अर्जुन थारुलाई कक्षा १२ सम्मकै सम्पूर्ण पढाइ खर्च व्यहोर्ने गरि अभिभावकत्व लिएका छन् ।
ठाकुरबाबा नगरपालिका–३ गिदरपुरका अर्जुन थारु मुक्तकमैयाका छोरा हुन् । उनी गाउँकै मुक्तकमैया बस्तीमा बस्दै आएका छन् । पढाइमा जेहेन्दार अर्जुनले जिल्ला स्तरिय आधारभुत तह कक्षा ८ को परिक्षामा ८२ प्रतिशत अंक ल्याएका छन् ।
विद्यालयमा आयोजित एक कार्यक्रममा अनेरास्ववियु जिल्ला अध्यक्ष महेन्द्र पंगेनी विपन्न विद्यार्थी अर्जुनलाई एक वर्षसम्म पुग्ने कापी, १÷१ सेट पोषक, जुत्ता, झोलालगाएत अन्य शैक्षिक सामाग्री प्रदान गरेर विद्यार्थीको अभिभावक बनेको घोषणा गरे ।
थोरै सहयोग धेरै जनालाई बाड्दा प्रभावकारी नहुने ठाने पछि एक विपन्न तथा जेहेन्दार विद्यार्थी रोजेको पंगेनीले बताए । उनले भने, ‘ धेरै विद्यार्थी छनौट गरेर थोरै थोरै भएपनि कापी, कलम, किताबलगाएतका स्टेशनरी सामान बाड्ने सोच बनाए पनि त्यो प्रभावकारी नहुने सुझाव आएपछि एक जना विपन्न विद्यार्थीको ४ वर्षसम्मको पढाइ खर्च जिम्मा लिने निर्णय गरेको निर्णय गरेको हुँ । ’
कक्षा ९ मा भर्ना भएका विपन्न विद्यार्थी अर्जुन पढाइमा जेहेन्दार रहेको चुरे माध्यामिक विद्यालय बग्नाहाका प्रधानाध्यापक राजेश यादवले बताए । ‘उनी पढाइमा मेहनती र जेहेन्दार विद्यार्थी हुन् । उभिभावक वनेर गरिएको लगानी पक्कै खेर जादैन,’ प्रअ यादवले भने ।
पढाई खर्च व्यहोर्ने अभिभावक पाउँदा निकै खुशी लागेको विद्यार्थी अर्जुनले बताए । पढाइ प्रती आफु प्रतिवद्ध रहेको बताउँदै अर्जुनले भने, ‘ शिक्षामा लगानी गर्ने अभिभावक पाएको छु । ढुक्क हुनुहोस् लगानी खेर फाल्ने छैन ।’
अभिभावकत्व घोषणा कार्यक्रममा विद्यार्थी नेता पंगेनीले नेताहरुलाई नेतागिरी मात्र नभएर समाजसेवामा पनि लाग्न अनुरोध गरे । कार्यक्रममा समाजसेवी
सुरेश पन्तले अगामी दिनमा यस क्षेत्रको शैक्षिक विकासका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।








प्रतिक्रिया दिनुहोस्