कविन्द्र परियार , सल्यान,१७ वैशाख/ हावाहुरीसँगै परेको असिना पानीले सल्यानमा टिमुर र सुन्तलामा नष्ट गरिदिएको छ । आइतबार दिउँसो आएको असिना पानीले सल्यानको वनगाड कुपिन्डे नगरपालिको आँपचौर, माझँकाडा, पाँचरे लगायतका क्षेत्रका टिमुर सुन्तला र आपमा क्षति पुगेको स्थानीय किसान कासीराम परियारले जानकारी दिए । 
भर्खरैमात्र फल्न शुरु भएको सुन्तलाका सबै दानहरु झारिदिएको र टिमुरमा र आँपमा समेत क्षति पुगेको पीडित परियारले जानकारी दिए । अर्का किसान बने कुवँरले आफ्नो बारीमा लगाइएको करिब २ क्वीटल टिमुर नष्ट गरिदिएको बताए ।
सो क्षेत्रको निकाल्चुला, गैरीकटेरी लगायतका क्षेत्रहरुमासमेत फलफूलमा क्षति पुगेको बताइएको छ । नगरपालिकाको सुन्तला पकेट क्षेत्रको रुपमा रहेको वनगाड कुपिण्डे नगरपालिका —७ मैदुपोखराका किसान लाल बहादुर खड्काले असिनापानीले सो क्षेत्रमा हजारौंको संख्यामा सुन्तला दानाहरु झारेको
बताए ।
असिनाले माझँकाडामा क्षेत्रमा गँहुमा समेत क्षति पुगेको बताइएको छ । एक्कासी आएको असिना पानीले टिमुर आँप तथा सुन्तला लगायतका फलफुलहरु नष्ट गरी दिएपछि किसानहरु चिन्तित भएका छन् ।
जिल्ला कृषी कार्यालय सल्यानले असिना पानीबाट सल्यानका केही भागहरुमा टिमुर सुन्तला र आँपमा क्षति पुगेको भएपनि सम्पुर्ण तथ्याङ्क नआइसकेको जनाएको छ । यता वनगाड कुपिन्डे नगरपालिकाको कृषि शाखामा सम्पर्क गर्न खोज्दा सो शाखाका सबै कर्मचारी विदामा रहेका कारण सम्पर्क हुन सकेन् ।









प्रतिक्रिया दिनुहोस्