नेपालगन्ज,१४ बैशाख/ बाँकेको डुडुवा गाउँपालिकाले शुक्रबारदेखि सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । गाउँपालिकाको वार्ड नं. ६ हिरिमिनियाबाट भत्ता वितरण शुरु भएको हो ।
नया आर्थिक वर्षको मसिंरदेखि फागुन महिना गरि ४ महिनाको भत्ता वितरण थालिएको गाउँपालिकाले जनाएको छ । वडा नं. ६ का १ सय ७ जनालाई आज सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।
वडाध्यक्ष मोहनराम मिश्र वडा सदस्य तिरथराम बर्मा, निर्मलादेवी कोरी, तेतराम बर्मा कृषि प्राविधिक पंकज मौर्य लगायतले भत्ता वितरण गरे ।
वडा नं. ६ मा ७ सय ५ जना सामाजिक सुरक्षा भत्ता लिनेहरु रहेको वडा कार्यालयका खरिदार शिवकुमार मौर्यले बताए ।गाउँपालिकाको ६ वटै वडामा बालबालिकासहित ६ हजारलाई सुरक्षा भत्ता वितरण गरिनेछ ।
जेष्ठ नागरिक, एकल महिला, अपांगता भएका, दलित गरि ३ हजार १ सय जना र दुई हजार ९ सय बालबालिकालाई उक्त भत्ता वितरण गरिने गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताए ।
बैकिंङ प्रक्रिया झन्झटिलो भएकाले स्थानीय निकायले अहिले वडा कार्यालयमार्फत भत्ता वितरण गर्न थालेको हो । अनलाईन एमआइएस भर सिष्टम अनुसार भत्ता वितरण गरिनेछ ।
यो सिष्टममा केन्द्रदेखि अनलाईन गरिएका नाम भएकाहरुले भत्ता पाउनेछन ।









प्रतिक्रिया दिनुहोस्